मेयर बालेनकी शिक्षा सल्लाहकार रिसु अर्यालले दिइन् राजीनामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १५:२९:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/risu_aryal_yYTQ7s0kqF_OGaoH4WOJu.png)
६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकाकी शिक्षा सल्लाहकार रिसु अर्यालले पदबाट राजीनामा दिएकी छन् । मेयर प्रमुख बालेन्द्र शाह ‘बालेन) काे गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी हुन् ।
महानगरले ठोस परिस्थिति र तथ्यभन्दा भीडको धारणाका आधारमा निर्णय लिएको भन्दै राजीनामा दिएकाे अर्यालले सामाजिक संजालमार्फत बताइएकी छन् । मेयर शाहमा लोकतान्त्रिक अभ्यास र प्रणालीको परिपालना अन्त्यन्तै कमजोर रहेकाे आरोप समेत उनले लगाएकी छन् ।
उनले हिसानले हालै भुकृटीमण्डपमा आयोजना गरेको शैक्षिक मेलालाई आयोजकले महानगरको निर्देशन उल्लंघन गरेको जनाउँदै गरेको बन्दप्रति उनले असहमति जनाएकी छन् । छोटो समयमा सामाजिक संजालहरुमा स्टाटस लेखेर व्यवसायीहरूलाई अत्यासमा पार्ने गरिएको समेत आरोप लगाएकी छन् ।
‘दुर्भाग्यपूर्णरुपमा, केही ताजा कदम, निर्णय प्रक्रिया तथा उहाँको सिधा निर्देशनमा लिइएका निर्णयहरू मेरा मान्यताभन्दा विपरित थिए र यी कुराहरू मेरो घर-परिवारसँग पनि सिधा जोडिएका थिए, जसले गर्दा स्वार्थको द्वन्द्व उत्पन्न हुने परिस्थिति आयो’ अर्यालले लेखेकी छन् । अर्याल गत भदाै २३ मा सल्लाहकारमा नियुक्ति भएकी थिइन् ।
महानगरले बन्द गरेपछि हिसानले उच्च अदालत पाटनमा क्षतिपूर्तिसहित महानगर विरुद्ध मुद्दा हालेको छ । बालेनले हिन्दी चलचित्र ‘आदि पुरुष’मा जानकीलाई भारतकी छोरी उल्लेख भएका वाक्य हटाउनुपर्ने माग गर्दै महानगरभित्रका हलमा उक्त चलचित्र चलाउन अनुमति दिएका छैनन् ।
यस्तै, नियमअनुसार महानगरभित्र संचालित निजी विद्यालयहरूलाई पनि १० प्रतिशत छात्रवृत्ति दिलाउने कामलाई पनि तीव्रतामा अगाडि बढाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार