नेपाली कृषि उपजलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन आवश्यक छ : चन्द्र भण्डारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १६:१४:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/chandra_bhandariii_ex2mkE12px_QlNAplIIFq.png)
६ असार, काठमडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपाली कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारमा पु्र्याउन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले नेपाली किसानले उत्पदान गरेका कृषि उपजलाई विदेशी बजारमा पुर्याउन सरकारले आगामी आवमा ठोस नीति ल्याउनुपर्ने बताए ।
कृषि मन्त्रालयमाथिको विनियोजित शीर्षकबारे बोल्दै नेपाली कृषि उपजको माग विदेशमा उच्च रहेको तर सरकारले ध्यान दिन नसक्दा उत्पादनले अन्तर्राष्ट्रिय बजार पाउन नसकिरहेको बताए । कोदो, फापर लगायत कृषि उपज सुगरका बिरामीले समेत खान मिल्ने चिकित्सकको सुझाव रहेको बताउँदै यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने व्यवस्था आगामी आवबाटै गर्न सुझाव दिए । ‘जब सुगरले किड्नी हान्छ, त्योबेला बिरामीलाई खान हाम्रो कोदो, आँट चाहिँदो रहेछ, हेर्नुस् त हामी कति धन रहेछौ’ उनले भने ।
कृषि बजेटमा कोल्डस्टोरको व्यवस्था गरिएपनि किसानले सडकमा गोलभेडा, दूध, बन्दकोपी सडकमा फ्याँक्नुपर्ने अवस्था कायमै रहेको भन्दै किसानको हितलाई शिरमा राखेर सरकारले काम गर्नुपर्ने बताए । कुषिबाटै अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिने बताए । उनले रासायनिक मल कारखानाभन्दा पत्कर र गाईवस्तुमा मल बनाउन जोड दिनुपर्ने बताए ।
यस्तै शिक्षा क्षेत्रमा नेपाली जनशक्ति हरेक विधानमा उत्कृष्ट रहेको बताउँदै सरकारले उचित छात्रवृत्ति दिएर दक्ष जनशक्ति उत्पादन गर्न जोड दिनुपर्ने बताए । उनले धार्मिक र भौगोलिक पर्यटनबाटै देशलाई आर्थिक सम्पन्न तुल्याउन सकिने बताए । उनले लुम्बिनीमा सयौं बेडको प्रसति अस्पताल बनाउन सके मात्र पनि संसारबाट लाखौं बौद्ध धर्मका अनुयायी बुछ जन्मिएको स्थान लुम्बिनीमा बच्चा जन्माउन आउने र पर्यटक बढ्ने बताए ।
क्रिकेट, फुटबल लगायत खेलकुदको विकासका लागि कम्तीमा मैदान बनाउन ठोस नीति बनाउन सुझाव दिए । विश्वभर वीर सहासीको बहादुरी कमाएका गोर्खालीले क्रिकेट र फुटबल मात्रै हानेर पनि पैसा कमाउन सकिने उनको भनाइ थियो । क्रिकेट मैदानमा लागि पुग्दो मात्रामा बजेट छुट्याउन सुझाव दिए । साथै, कला र मनोरञ्जन क्षेत्रको पर्यटनबाटै प्रशस्त आम्दानी लिने आधारमा प्रचुर रहेको उनको भनाइ छ ।
कृषि, पर्यटन, सुरक्षा, नैतिकताका विषयलाई पाठ्यक्रममा समावेश गरेर बाल उमेरदेखि नै नागरिकलाई देशप्रेमी बनाउन अनिवार्य भएको बताए ।
उनले शहर बजारमा फोहोरले दुर्गन्ध फैलाउने क्रम नरोकिएको भन्दै नागरिकको स्वास्थ्य धुमपानले मात्र नभई फोहोरका कारण बिग्रिरहेको बताए । नागरिकलाई दुर्गन्ध हटाउन चुराटको धुँवा सहारा लिनुपर्ने अवस्थामा पुुर्याउने तरिकाबाट सरकार अगाडि बढिरहेको उनले टिप्पणी गरे ।
मुलुकमा कानूनी राजबाहेक अन्य कल्पना गर्न नसकिने भन्दै अपराध कर्म गर्ने जोकोहीलाई कानून दायरामा ल्याउन सरकारले खुट्टा कमउन नहुने बताए । समाजमा अमयचयन र न्याय दिलाउन आवश्यक पर्ने कानून बनाउन ढिलाई नगर्न कानूनमन्त्रालयको ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
फागुन ५, २०८१ सोमबार
चन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित शहर, दिल्ली शीर्ष स्थानमा
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
बारामा सुधार केन्द्रभित्रै कुटपिट गरी एक युवाको हत्या
फागुन ५, २०८१ सोमबार