शेयरबजार १४.०५ विन्दुले घट्यो, होटल तथा पर्यटन समूहकाे सर्किटमा सुधार
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १६:३१:२१
६ असार, काठमाडौं । शेयरबजारमा उतारचढाव आउने क्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ ।
एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको शेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ ।
नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा सामान्य प्रभावित भएको छ । तीन दिनदेखि बजार सुधारमै रहेकाे छ । ट्रेडरहरुले नाफा बुक गर्नतिर लाग्दा बजार सामान्य प्रभावित भएको अनुमान गरिएको छ । यसअघि बजार लगातार ९ दिनसम्म शेयरबजार उकालाे लागेकाे थियाे ।
बुधबार २७१ कम्पनीको ८६ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको छ । २३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन डिष्टिलरी परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार