आवश्यक परे सरकारले बजेट संशोधन गर्छ : मन्त्री शर्मा
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १७:४६:४०
६ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चाहेका बजेटमा संशोधन गर्न सक्ने बताएकी छन् । उनले बजेट संशोधन हुँदैमा कुनै पनि सरकार असफल नहुने दावी गरेकी छ । उनले अहिले बजेटमाथिको छलफल चलिरहेको भन्दै आवश्यकता परेको अवस्थामा सरकारले बजेट संशोधन गर्न पनि सक्ने र त्यस्तो नभएमा पनि आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।
मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बजेट संशोधन गर्नुपर्ने अवस्था भए सरकार असफल हुने र सरकार ढल्छ भन्ने बुझाई गलत भएको दाबी गरिन् । सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्नै मिल्दैन भन्ने बुझाई गलत भएको र बजेट संशोधन गर्नुपर्ने अवस्था हुँदैमा सरकार असफल हुने भन्ने कुरा पनि गलत भएको बताइन् ।
पहिलेका सरकारले ल्याएका बजेटमा पनि सबैको चित्त बुझेको भन्ने छैन,’ मन्त्री शर्माले अगाडि भनिन्, ‘हामीलाई थाहै छ, पहिले एउटै पार्टी नेकपा हुँदासमेत बजेटका विषयमा संसदमा असन्तुष्टिहरू आएकै हुन् । असन्तुष्टि आउने कुरा स्वाभाविक पनि हो । सरकारसँग असीमित स्रोत छैन, सीमितता छ । अहिले असन्तुलित भयो भन्ने कतिपय कुराहरू उठेका छन्, ती प्रश्नहरू पनि जायज छन् ।’
उनले बजेट संशोधन गर्नुपर्ने अवस्थाका लागि समेत सरकार तयार रहेको बताइन् । ‘बजेट संशोधन गर्न मिल्दैन भन्ने बुझाई परम्परागत हो, त्यस्तो कानुनमा लेखिएको कुरा होइन, विगतमा पनि बजेटमा संशोधन भएको थियो, बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला,’ उनले भनिन्, ‘अहिले पनि कमा, फुलस्टपसमेत संशोधन हुँदैन भनेर जसरी प्रचार भइरहेको छ, यो गलत छ । खाली हामी परम्परामै चल्ने कि नयाँ कोर्स तय गर्ने भन्ने कुरामात्रै हो । बजेट संशोधन गर्नुपर्ने अवस्था भएर सरकार नै ढल्ने भन्ने हुँदैन । बरू आवश्यकता प¥यो भने बजेटमा संशोधन गरेर पनि जान्छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार