साफ च्याम्पियन्सिप : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १८:२२:१५
६ असार, काटमाडौं । भरतमा बुधबारदेखि सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि ६८ औँ मिनेटमा अञ्जन विष्टले सन्त्वना गोल फर्काएपछि निल हुन बाट जोगिएको हो ।
खेलको पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो । कुवेतका लागि खेलको २३ औँ मिनेटमा कप्तान खालिद हाजियाले १ र ४१ औँ मिनेटमा शबैब अलखाल्दीले १ गोल गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । र, खेलको ६५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
पेनाल्टी एरियामा नेपालका डिफेन्डर अनन्त तामाङले ह्याण्ड गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो । दोस्रो हाफमा नेपालले गोल गर्ने केही सुन्दर मौका बनाए पनि सदुपयोग गर्न नसक्दा हार भोग्न बाध्य भयो।
समुह चरणको दोस्रो खेलमा नेपालले आउने शनिबार घरेलु टोली भारतको सामना गर्नेछ भने मंगलबार पाकिस्तानसँग खेल्नेछ । नेपालका लागि विष्टकाे अन्तर्राष्टिय खेलमा याे १२औं गाेल हाे । नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ । उनीहरू दुवैले समान १३ गोल गरेका छन् । विष्ट कीर्तिमान नजिक पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार