लागुऔषध मुद्धामा शाहरुख र आर्यनको बयान लिँदै सीबीआई
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १०:३९:०
७ असार, मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यनसँग जोडिएको लागुऔषध मुद्धाको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशक समीर वानखेडेको तनाव कम हुने संकेत अझै देखिएको छैन ।
समीरमाथि पैसाको आडमा आर्यनलाई जबरजस्ती लागुऔषध मामलामा फँसाएको आरोप छ । उनीमाथि लागुऔषध मुद्धामा घुस र जबरजस्ती असुलीको आरोप पनि छ ।
अब भने सीबीआईले यो मुद्धालाई अगाडि बढाउनका लागि शाहरुख र आर्यनलाई बयान लिने तयारी गरिरहेको छ । सीबीआईले चाँडै नै आर्यनको बयान लिँदैछ । आर्यन पछि उसले शाहरुखको बयान लिनेछ । वानखेडेको इशारामा आरोपी किरण गोसावी र सेनविल डिजुसाले शाहरुखसँग २५ करोड मागेको आरोप छ । जबरजस्ती असुलीको यो योजनाको तहसम्म पुग्नका लागि बयान दर्ता गराउनुपर्ने आवश्यकता देखिएको छ ।
सीबीआईले आर्यनलाई कोर्डेलिया क्रुज मादक पदार्थ मामलामा नफसाउनका लागि शाहरुखसँग २५ करोड घुस मागेको आरोपमा वानखेडे र अन्य चारविरुद्ध ११ मेमा मुद्धा दर्ता गराएको थियो । भ्रष्टाचारको आरोपमा घेरिएका समीरमाथि शाहरुखकी मेनेजर पूजा ददलानीले आफूहरुसँग घुस मागेको बयान दिएपछि समीर संकटमा परेका हुन् । आर्यनलाई कोर्डेलिया क्रूज ड्रग्स मामलाबाट बचाउनका लागि १८ करोडमा डील फाइनल भएको थियो ।
जसमा ५० लाख रुपैंयाँ टोकन मनीका रुपमा दिइएको थियो । यो डिलको कुरा साक्षी प्रभाकर सेलले पनि आफ्नो अन्तिम बयानमा भनेका थिए । प्रभाकरले सन् २०२१ मा आर्यनलाई छुटाउनका लागि एनसीबीका एक अधिकारी र गवाह गोसावीसमेतका मानिसले २५ करोड रुपैंयाँ घुस मागेको दाबी गरेका थिए । प्रभाकरको हाल निधन भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविरोध पछि ‘छावा’वाट अब विक्की कौशल र रश्मिकाले डान्स हटाइने
माघ १५, २०८१ मंगलबार
कल्कीः२ को स्क्रिप्टको काम सकियो, केही समय पछि सुटिङमा जाने
माघ १४, २०८१ सोमबार
काममा हिड्न थाले सैफअली, आरोपीद्धारा शाहरूखको नि चोरी गर्न गएको स्विकार
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना
माघ १५, २०८१ मंगलबार
बिर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम् समर्थन मूल्य
माघ १५, २०८१ मंगलबार
शिलान्यासको सत्र वर्षपछि कालोपत्रको काम सुरु
माघ १५, २०८१ मंगलबार