मोगाम्बोको पहिरन आफनो समयको सबैभन्दा महंगो
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १०:४१:१४
७ असार, मुम्बई । हिन्दी फिल्म जगतमा आफ्नो अभिनयको उत्सव मनाउने अभिनेता अमरीश पुरीको निधन भएको वर्षौ भइसकेको छ ।
तर आज पनि उनको फ्यान जब उनलाई टेलिभिजनमा देख्छन्, उनको उपस्थितिको महशुस गर्छन् । अमरीश बलिउडका एक यस्ता लोकप्रिय भिलेन रहे, जसले फ्यानमाझ नकारात्मक भूमिकामा पनि प्रेम पाए । अमरीशले आफ्नो करियरमा केवल भिलेनका रुपमा मात्र आफूलाई स्थापित गरेनन् । उनले कहिले दर्शकलाई हँसाए र कहिले भावुक पनि बनाए ।
उनका ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘मिस्टर इण्डिया’, ‘मुझसे शादी करोगी’, ‘करण अर्जुन’लगायतका कैयौं सम्झनलायक फिल्म छन् । अमरीशलाई बलिउडको ‘मोगेम्बो’ पनि भनिन्छ । उनको यो भूमिका निकै लोकप्रिय बनेको थियो । फिल्म ‘मिस्टर इण्डिया’को ‘मोगेम्बो’ चरित्र उनका लागि यति शक्तिशाली बनिदियो कि उनले बोलेको संवाद ‘मोगेम्बो खुश हुवा’ आज पनि जो कोहीले सम्झन्छन् ।
सायद कमैलाई थाहा होला उनले ‘मोगेम्बो’ चरित्र निर्वाह गर्दा लगाएको पहिरनको मूल्य २५ हजार रुपैंयाँ थियो । अहिलेको समयमा यो रकम निकै कम लागे पनि त्यो समयमा यो मूल्य अधिक नै थियो । सन् ८० को समयमा फिल्म निर्माताहरु फिल्ममा बढी खर्च गर्दैन थिए । तर सन् १९८७ मा रिलिज भएको फिल्म ‘मिस्टर इण्डिया’मा ‘मोगेम्बो’को पहिरनका लागि निर्माता बोनी कपूरले त्यो समयको हिसाबले दिल खोलेर खर्च गरेका थिए । हिरोलाइ भन्दा भिलेनको ड्रेसअपका लागि बढी खर्च गरिएको थियो ।
फिल्ममा उनको गोल्डन छडीदेखि लिएर उनको ब्ल्याक र गोल्डेन कष्ट्युमले दर्शकको ध्यान खिचेको थियो । यो पहिरनमा बोनीले २५ हजार रुपैंयाँ खर्च गरेका थिए । यो रकम त्यो समयमा निकै महंगो रकम हो । अमरीशले आफ्नो करियरको सुरुवात सन् १९५६ मा फिल्म ‘भाई भाई’बाट गरेका थिए । यसपछि उनले ‘प्रेम पुजारी’, ‘रेशमा और शेरा’, ‘हलचल’, ‘हिन्दुस्तान की कसम’, ‘सलाखें’, ‘डाकू’ जस्ता कैयौं फिल्ममा काम गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !
जेठ १३, २०८१ आइतबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सुपरहिट फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा
जेठ १६, २०८१ बुधबार
सयौं वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता
जेठ १६, २०८१ बुधबार
हेलमेट डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने
जेठ १६, २०८१ बुधबार
सोलार प्यानल र आसपासको बस्ती
जेठ १६, २०८१ बुधबार
बिरुवामा नेपाली सेनाको दुईदिने निःशुल्क स्वास्थ्य शिविर
जेठ १६, २०८१ बुधबार
तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु
जेठ १६, २०८१ बुधबार