म भाग्यमानी निर्माता : गीतकार सुरेश वाग्ले
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार ११:३०:४४
७ असार, काठमाडौं। अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदै छ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहारसहितका विषयलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् ।
'सरोज दाई अमेरिका आएको समयमा हाम्रो सहकार्य गर्ने योजना बनेको थियो । म नेपाल आएपछि उहाँले सुनाउनु भएको कथामा कन्भिन्स भएँ', गीतकार वाग्लेले भने,'गीतसंगीतसँगै सामाजिक विषयलाई चलचित्रको ठुलो पर्दाको माध्यमले दर्शकसम्म पुर्याउने कुरामा म सहमत भएँ । सरोज दाई निर्देशनमा डेब्यु गर्ने र करिश्मा दिदी निर्मात्रीमा रहने भएपछि म पनि निर्माताको रुपमा डेब्यु गरे ।'
आफ्नो निर्माण रहेको चलचित्रमार्फत अनुभवी कलाकार सरोज खनालले डेब्यु गर्नु सुखद रहनुका साथै आफू भाग्यमानी निर्माता रहेको बताए । ुसर्जक भएकाले सामजिक दायित्व बहन गरेर कथा रोजेका हौँ । यो कथा र यसमा देखाईएको भावनालाई परिवारले महसुस गर्नु जरुरी छ । यसले सकारात्मक पक्षलाई प्रसार गर्न मदत गर्छु, निर्माता सुरेशले भने ।
यसमा एकल महिलाको भूमिकामा प्रस्तुत करिश्माले आफ्नो न्यायोचित भूमिका रहेको बताउदै आएकी छिन् । मैले चाहेको भूमिका गर्न पाएकी छु । यसलाई दर्शकले सम्झिने पात्रको रुपमा तयार गरेकी छुु, करिश्माले भनिन् ।
चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको छ ।
कार्यकारी निर्माता विनोद मानन्धर रहेका चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।
यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले पारिवारिक चलचित्र रहेको जानकारी दिए । ुसरोज दाईको डेब्यु निर्देशन रहेको चलचित्र वितरण गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो । किनकि उहाँ कलाकारितामार्फत नै चिनुनु भयो र अहिले आफूलाई निर्देशकको रुपमा प्रस्तुत गर्दै हुनुहुन्छू, वितरक श्रेष्ठले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
माघ १, २०८१ मंगलबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार