कृषि सामग्री कम्पनीको जनकपुर गोदाममा मल थुप्रिँदा किसान खाली हात
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार ११:३१:३७
७ असार, काठमाडौं । देशभर किसान खेती बालीमा हाल्न रासायनिक मल नपाएर हैरानी खेपिरहेका बेला मधेश प्रदेशका धनुषामा भने मल पर्याप्त मात्रामा उप्लब्ध भइरहेको पाइएको छ ।
प्रदेशको जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा मल प्रशस्त मात्रामा मौजदात रहेको पाइएको छ । कार्यालयका प्रमुख रवि कुमार केसरीले अहिले गोदाममा युरिया १ हजार १ सय ३१ दशमलव ७ सय ५० मेट्रिक टन, डीएपी९ सय ६२ दशमलव ८ सय ५० मेट्रिकटन र पोटास् २ दशमलव ७ सय ५० मेट्रिकटन मौज्दात रहेको बताए ।
स्थानीय तहकोआन्तरिक विवादका कारण सिफारिस रोकिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका २ सय ६ वटा थोक बिक्रेताले किसानका लागि वितरण गर्न मल पाउन सकेका छैनन् । मत गोदममै मल थन्किएको अवस्था छ ।
प्रमुख केसरीले उनले चालु आर्थिक वर्षमा अहिलेसम्म ४ हजार २ सय७० दशमलव ७ सय मेट्रिकटन युरिया, २ हजार ३ सय ४९ दशमलव ८ सय मेट्रिकटन डीएपी र २ सय ११ मेट्रिकटन पोटास वितरण गरिएको बताए । धान रोपाइँको सिजन भएसँगै अब रसायनिक बलको बिक्री वितरण बढ्ने उनले बताए । गोदाममा रहेको मल धनुषा जिल्लाका लागि मात्र दिइने भएको छ । सोही कारण छिमेकी जिल्ला महोत्तरीको लागि कम्पनीसँग नरहेको प्रमुख केसरीले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको वार्षिक लक्ष्य युरिया ९ हजार, डिएपि ६ हजार र पोटास ५५१ मेट्रिक टन रहेको छ । बाँकी रहेको मल केही दिनमा केसरीले बताए ।
संघीय सरकारले धान गहु, मकै र तरकारी खेती गर्ने किसानहरुलाई प्राथमिकतामा राखी सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था भएपनि मल वितरणका लागि स्थानीय तहबीच जारी किचलोले गर्दा समयमा सिफारिस नभएका कारण मल गोदाममा थुप्रिएको छ ।
सरकारले किसानहरुलाई सहुलियत दरमा युरिया मल प्रति बोरा रु ८ सय ४३, डीएपी प्रति बोरा रु २ हजार २ सय ९३ र पोटासप्रति बोरा रु १ हजार ६ सय ९३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर धनुषा र महोत्तरीका थोक बिक्रेताहरुले दुर्गम गाउँमा महंगोमा मल बिक्री गर्दै आइरहेका छन् । महंगोमा मल खरिद गर्नु परेपछि किसानले गुनासो गरेका छन् ।
तराई क्षेत्रमा सरकारले मुख्य गरी उखु खेतीका लागि ठूलो परिमाणमा मल सहुलियतमा दिने व्यवस्था गरिएपनि मल गोदाम थन्क्याइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम् समर्थन मूल्य
माघ १५, २०८१ मंगलबार
सुन्तला खेतीले फेरियो दोसल्ले गाउँको मुहार
माघ १४, २०८१ सोमबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार