गठबन्धन टिकाएर सरकार जोगाउन प्रचण्डलाई सकस, यसरी देखिदैछ सत्ता समीकरणमा परिवर्तन आउने संकेत
केदार भट्टराई (काका)
असार ७, २०८० बिहिबार १२:१०:५९
७ असार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्ने परिस्थिति देखिइरहेका बेला यो बजेट संशोधन यही सरकारले गर्ने कि नयाँ सरकार आएपछि गर्ने भन्ने गम्भीर बहस सुरु भएको छ । यही बहसका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ता गठबन्धन जोगाएर सरकार बचाउन हर प्रयास गरिरहेका छन् । गठबन्धनभित्रै पनि उनले ठूलै पापड पेल्नु परिरहेको छ । गठबन्धनको ठूलो घटक नेपाली कांग्रेसले औपचारिक रुपमा केही बोलेको छैन । कांग्रेसलाई नबिच्क्याउन उनले समाजवादी मोर्चा बन्नुमा पनि कांग्रेसको हात रहेको भनिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डलाई अब गठबन्धन टिकाएर आफू नेतृत्वको सरकार जोगाउन सहज भने छैन ।
नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाही सुरु भएपछि प्रचण्ड नेतृत्वको सरकार अब निर्धक्क अगाडी जाने र नजाने दुई थरीका अनुमानहरु सतहमा आएका थिए । नक्कली शरणार्थी प्रकरणमा ठूला दलका ठूला नेता कारबाहीमा पर्ने हुँदा सरकार फेरिन सक्ने एकथरीको अनुमान थियो भने यो समयमा सरकारको नेतृत्व फेर्न कुरा गर्दा दलहरूले भ्रष्टाचारी जागोउन खोजेको देखिने भएकाले प्रचण्ड नेतृत्वको सरकार झन बलियो भएको तर्क दिएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका माथिको कारबाही अब सरकार बचाउने अस्त्र नबन्ने देखिन थालेको छ । शरणार्थी प्रकरण पनि उस्तै हो भन्ने भइसकेको छ र बिस्तारै यो विषय ओझेलमा पर्दै गएको छ । पहिले अनुमान गरिएको भन्दा फरक ढंगले शरणार्थी प्रकरण सत्ता जोगाउने र हटाउने खेलबाट बाहिर गएको छ । अहिले बजेट प्रकरण नै प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गर्न काफी हुने देखिएको छ । बजेटलाई लिएर सत्ता गठबन्धनका दुई घटक नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले असन्तुष्टि जनाएका छन् ।
एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा अध्यक्ष माधव कुमार नेपालले बजेट पास गराउने विषयमा सहमति जुटाउने प्रयास गर्दैछन् । बुधबारको बैठकले बजेट पास हुन नदिने अडान लिएको थियो । सरकारबाट बाहिरिनु पर्ने अवस्था आए गठबन्धन छोडेर बाहिर आउने तर यथास्थितिमा बजेट पारित गर्न नदिने अहिलेसम्म उसको अडान कायमै छ ।
बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको गृह जिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरूको आरोप छ । उनीहरूले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि निरन्तर छलफल चलिरहेको बेला मंगलबार दिउँसो जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत भने पार्टी कार्यालय बुद्धनगरमा कार्यकर्ता भेटघाटमा व्यस्त थिए । त्यो व्यस्तता बजेट छलफल प्रतिको बेवास्ता पनि थियो । कर्मकाण्डी छलफलमा किन बसिरहनु भन्ने उनको जवाफ थियो । उनी पनि यो गठबन्धनमा बसिरहनुको अर्थ नदेखिएको निचोडमा पुगेका छन् ।
बजेटमाथिको असन्तुष्टिलाई संशोधन गरेर पनि प्रधानमन्त्री प्रचण्डले रोक्न सक्छन् । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलन मन्त्री रेखा शर्माले सरकार आवश्यक परे बजेट संशोधन गर्न पनि तयार रहेको बताएकी थिइन् । सत्ता गठबन्धनभित्रको असन्तुष्टिलाई रोक्न प्रधानमन्त्री प्रचण्डले मन्त्री शर्मामार्फत बजेट संशोधन हुनसक्ने विषय बाहिर ल्याएका थिए ।
यहाँसम्म त प्रधानमन्त्रीले बचाउन गर्न सक्लान । तर, उनले मात्र प्रयासले अब सत्ता गठबन्धन टिकिरहने कुरामा भने शंकै देखिएको छ । आन्तरिक र बाह्य दुवै कारण प्रधानमन्त्री प्रचण्डको पक्षमा देखिएका छैनन् । सरकार भएजस्तो अनुभूति अहिले जनतामा गएको छैन । संसदीय गतिविधिले पनि उनलाई अन्तर्राष्ट्रिय जगमा फितलो बनाउँदै लगेको मात्र छैन नेपालको सरकार फरिनु पर्ने दवाव बढिरहेको छ ।
भर्खर भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले यो भ्रमण निकै सकारात्मक भएको बताइरहेका छन । तर, उनको भारत भ्रमणपछि परिस्थिति निकै बदलिएर आएको छ । नेपाल भारत बीचको सांस्कृतिक विषयमा द्वन्द्व बढेर जाने देखिएको छ । भारत लगायत दातृ निकाय पनि उनको सरकार टिकिरहेको भन्दै फरिएकै हेर्न चाहिरहेका छन् ।
यिनै फेरो फारोलाई समातेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यो गठबन्धन परिवर्तन गरेर नयाँ सरकार बनाउने रणनीतिमा लागि रहेको छ । उसले सुरु देखि नै प्रचण्डलाई सरकारको नेतृत्वमा देख्न चाहिरहेको थिएन । अहिले नेपाली कांग्रेस र एमालेबीचको सहकार्य पनि निकै अगाडि बढिसकेको छ । सम्भवतः कांग्रेस सभापति शेरबहादुर देउवा भोलि नेपाल फर्किएपछि यस विषयले मुर्तरुप लिने संकेतहरु देखाएको छ ।
बजेटकै विषयलाई मुलबिन्दु बनाएर कांग्रेस एमालेमा सहमति हुने र नयाँ प्रधानमन्त्री आएपछि मात्र बजेट संशोधन हुने सम्भावना सबैभन्दा बढी देखिएको छ । कांग्रेस सभापति देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेकै छ । यो संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिइ नसकेको दुवै तर्फका नेताहरूको भनाइ छ ।
एमालेसँग संवादमा कांग्रेसका एक नेताका अनुसार एमालेका नेताहरूले नै कांग्रेस–एमाले गठबन्धन बनाउन पहलकदमी लिइरहेका छन । देउवा सकारात्मक नभए तत्काल गठबन्धन सम्भव नहुने र कांग्रेसको इतर समूह पनि सामेल नभए नयाँ गठबन्धन बलियो नहुने ठानेर एमालेले कांग्रेसका सबै पक्षसँग संवाद गरिरहेको छ । कांग्रेसको संस्थापन पक्षका नेताहरूसँग मात्रै कुरा गर्दा समीकरण भरपर्दो नहुने ठानेर यस पटक एमालेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीसहितसँग विभिन्न चरणमा संवाद गरिरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार