सत्ता गठबन्धनका तीन दल बजेट संशोधनको पक्षमा, यथास्थितिमा सरकारलाई साथ नदिने
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १२:३३:१
७ असार, काठमाडौं । सत्ता गठबन्धनभित्र तीन दल सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट संशोधन गर्नुपर्ने पक्षमा उभिएका छन् । नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीले यथास्थितिमा सरकारले बजेट पारित गराउन खोजे यसको विपक्षमा मतदान गर्ने अडान लिएका छन् ।
पछिल्लो समयमा आएर सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीले पनि संसदमा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले बिहीबार पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताए । उनले अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको उनको भनाइ छ ।
यादवले बजेटले मधेस लगायतलाई उपेक्षा गरेको र यसलाई सुधार नगरी यथास्थितिमा पास नहुने बताए । उनले सरकार बजेट संशोधन गर्न तयार हुनुपर्ने बताए । यसअघि सरकारको अर्को सत्ता घटक नेकपा समाजवादीले पनि यथास्थितिमा बजेट पारित गर्न नदिने बताएको थियो । नेकपा एसले बजेटकै विषयमा आज पनि छलफलका लागि संसदीय दलको बैठक बोलाएको छ ।
यस्तै जनमत पार्टीले पनि बजेट जनमुखी नभएको बताएको छ । उनले बजेटमाथिको छलफल कर्मकाण्डी मात्र भएको भन्दै बजेट छलफलमा समेत असहमति जनाइरहेको छ । जनमतका अध्यक्ष सिके राउतले कर्मकाण्डी बजेट भएकाले संसदमा उपस्थित हुनुको पनि औचित्य नभएको भन्दै यसलाई संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार