नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिटको बहस जारी, इजलासमा न्यायाधीश भट्टराईको सर्कुलर
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १३:३१:३२
७ असार काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराइले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा बहस सर्कलुर जारी गरेका छन् । उनले खाजा समयमा पनि काम गर्नु पर्ने बताएका छन् । न्यायाधीश भट्टराइले आज अबेर सम्ममा भएपनि फैसला सुनाउने तयारी गरेका छन् । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा यो रिटमाथि बहस भइरहेको छ ।
उनले बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट १ बजेसम्मको समय निर्धारण गरेका थिए । सरकारी वकिललाई बहस गर्नका लागि १ बजेदेखि ३ बजेसम्मको समय दिइएको छ । खाजा समय भए पनि सुनुवाइ जारी रहने न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासमा सर्कुलर जारी गरेका छन् ।
उक्त रिटमा सरोकारवालाको तर्फबाट बहस गर्न अपराह्न ३ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ । सबैको बहस सकिएपछि जवाफ दिनुपर्ने भएमा वा थप प्रस्ट पार्नुपर्ने भएमा रिट निवेदकहरुलाई थप आधा घण्टाको समय दिइएको छ । उनले कार्यालय समयभित्र बहस सक्ने गरी सवै पक्ष्ँलाई निर्देशन दिएको सर्वोच्च अदालत प्रशासन स्रोत जानकारी दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरुद्धमा रिट परेको थियो । राष्ट्रपतिले कानुन र संविधान विपरीतको काम गरेको भन्दै प्रमाणीकरण विरुद्ध रिट परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार