ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर विजयी
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १३:३२:१२
७ असार, काठमाडौं । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा संस्थापन पक्षका योगेन्द्र कुँवर निर्वाचित भएका छन् । संस्थापन पक्ष इतर पक्षका महेन्द्र यादवलाई ६५ मतको झिनो अन्तरले पराजित गरेका हुन् ।
कुवँरले ४४१ मत पाए भने यादवले ३७६ मत पाए । शुक्रबार सुरु भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनबाट पदाधिकारीका अन्य पदमा शेखर( गगन पक्षका उम्मेदवारले जितेका छन् । महासचिवमा अजयकुमार राई ४६४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी डीपी अर्यालले ३३७ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।
खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन् । सदस्यतर्फको मतगणना भने जारी रहेको छ । ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति ४९ सदस्यीय हुने व्यवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार