रास्वपाले साँझ ७ बजे ७७ वटै जिल्लामा घण्टी बजाउने
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १३:४७:९
७ असार, काठमाडौं । संसदको चौथो शक्ति (दल) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ७ बजे देशका ७ प्रदेश र ७७ वटै जिल्लामा घण्टी बजाउने भएको छ ।
पार्टी स्थापनाको पहिलो वर्षगाँठको अवसरमा देशभरका ७७ वटै जिल्लामा घण्टी बजाएर दिवसको भव्य झलक दिने बताएको छ । बिहीबार पार्टीको नयाँ मुख्यालय बालाजुको चःमती मार्गमा पार्टी कार्यालयको सुरुवात गर्दै पार्टीको चुनाव चिन्ह घण्टी बजाएर दिवसको उद्घाटन गरेका छन् ।
पहिलो स्थापना दिवसमा तत्कालीन जहानियाँ राणा शासनकालमा फाँसी दिइएका शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठको तस्वीरमा माल्यापर्ण गरेका थिए ।
दिवसको अवसरमा आज साँझ ७ बजे देशैभर घण्टी बजाउने कार्यक्रम तय भएको जानकारी दिए । आजै मात्र बसेको पार्टीको केन्द्रीय समिति र संदीय दलको संयुक्त बैठकले पूर्वबैंकर अनिल शाहलाई पार्टी प्रशिक्षण विभागका प्रमुख चयन गरेको छ ।
गत वर्ष स्थानीइ चुनावपछि असार ७ मा स्थापना भएको रास्वपाका तर्फबाट संघीय संसदमा २१ सिट छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा २० जितेको उसले पछि वैशाख १० भएको उपनिर्वाचनमा तनहुँबाट एक सिट जितेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक जारी, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
मुख्यमन्त्री केजरीवाल आज पुन: जेल जाँदै
जेठ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
जेठ २०, २०८१ आइतबार
सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी
जेठ २०, २०८१ आइतबार
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
जेठ २०, २०८१ आइतबार
स्रोत नखुलेको रकमसहित विभिन्न जिल्लाबाट आठ जना पक्राउ
जेठ २०, २०८१ आइतबार