बैंकिङ प्रणालीमा रकम थुप्रियो, १० अर्ब तान्दै राष्ट्र बैंक
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १३:५३:३७
७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम बढी भएपछि १० अर्ब रकम तान्ने भएको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको जनाएको छ । राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि ७ दिने अवधिको बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको जनाएको छ ।
२०७९ माघ १२ गते ५ अर्ब रुपैयाँ तानेपछि पहिलो पटक बैंकिङ प्रणालीबाट पैसा खिच्न थालेको हो । बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी रकम थुप्रिएको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तरबैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ ।
२८ दिने ट्रेजरी बिलको दर एक साताअघि ६.६ प्रतिशत रहेकोमा हाल ४.२ प्रतिशतको सीमामा झरेको छ । बैंकहरुमा निक्षेप संकलन बढ्दै गएपनि कर्जा प्रवाह बढ्न नसक्दा नगद थुप्रिएको हो । बाणिज्य बैंकहरुमा रहेको रकम लगानी हुन नसकेकपछि राष्ट्र बैंकले तान्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार