बजेटबारे जसपाको औपचारिक धारणाः ‘यथास्थितिमा पारित गर्न सकिँदैन’
जनमत पनि बजेट संशोधन नभएसम्म समर्थन गर्ने पक्षमा
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १४:१०:१
७ असार, काठमाडौं । सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा)ले संसद्मा सरकारले जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको बजेट जस्ताको तस्तै पारित गर्न साथ दिन नसक्ने औपचारिक रुपमा बताएको छ ।
बिहीबार जसपाका अध्यक्ष एवं पार्टीका संसदीय दलका नेता समेत रहेका उपेन्द्र यादवले पत्रकार सम्मेलन गरी बजेट सुधार नभएसम्म सर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । उनले बजेट सरकारका मुख्य दलहरुले मिलेर एकलौटी रुपमा ल्याएको र विभेदकारी रहेको भन्दै आलोचना दोहोर्याए । यसअघि संसदमा बजेटमाथि धारणा राख्ने क्रममा उनले बजेट विभेदकारी, पक्षपाती र न्यायोचित नरहेको भन्दै विरोध जनाएका थिए ।
ुअहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न’ पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने । पार्टीका सांसदहरुले विरोध गरिरहेका अवस्थाबीच जसपाले आज पत्रकार सम्मेलन गरेरै यथास्थितिमा बजेटको समर्थन गर्न नसकिने बताएको हो ।
यस्तै सत्तारुढ अर्का दल एकीकृतका अधिकांश सांसदहरुले पनि बजेट विभेदकारी रहेको भन्दै विरोध गर्दै आइरहेका छन् । बजेटलाई जस्ताको तस्तै पारित गर्न समर्थन गर्न ननसकिने उनीहरुको भनाइ छ । एकीकृत समाजवादीका सांसद प्र्रेम आले, उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डे लगायतले संसद बैठकमा रोष्ट्रमबाटै बजेट जस्ताको तस्तै पारित गर्न नसकिने बताएका थिए । यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने औपचारिक रुपमा मुख खोलेका छैनन् । उनी सुधार गरेर पारित गर्नुपर्ने पक्षमा रहेको बताइन्छ ।
जनमत पनि विपक्षमा
सरकारका अर्को घटक जनमत पार्टीले पनि बजेट संशोधन नभएसम्म समर्थन गर्ने पक्षमा उभिएको छ । जनमत पार्टीका अध्यक्ष एवं पार्टीका संसदीय दलका नेता समेत रहेका सांसद सिके राउतले बजेटलाई जस्ताको तस्तै पारित गर्न नसकिने स्पष्ट पारेका छन् । पार्टीका उपाध्यक्षसमेत रहेका पूर्वमन्त्री एवं सांसद अब्दुल खानले बजेट मधेशका जनताप्रति विभेदकारी रहेको र प्रधानमन्त्री, अर्थमन्त्री, यातायातमन्त्री र पूर्वप्रधानमन्त्रीको जिल्लामा खन्याएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनले बजेटमाथि धारणा राख्ने क्रममा रोष्ट्रबाटै बजेटको विरोध गरेका छन् । अध्यक्ष राउतले पनि बजेट सुधार गरे मात्र पारित गर्नेबारे सोच्न सकिने बताए । सत्तारुढ अर्का दल नागरिक उन्मुक्ति, लोपपा, राजमोका सांसदहरुले पनि बजेट सुधार गर्नुपर्ने बताएका छन् ।
सत्तारुढ मुख्य दल नेपाली कांग्रेस, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसदहरुले पनि बजेटमा सुधार गर्नू अनिवार्य रहेको बताउँदै आएका छन् । उनीहरुले आफूहरु सत्ता पक्षका सांसद भएकाले विरोध गर्न नमिले पनि सुधार हुनुपर्ने पक्षमा रहेको बताउँदै आएका छन् ।
प्रतिपक्षी एमाले, रास्वपा, राप्रपा र नेमकिपाले बजेट पुनर्लेखन हुनुपर्ने अडान राखेका छन् । संसदमा बजेटबारे सांसदहरुबीच दिनुहँ जुहारी नै चल्ने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार