बाढी-पहिराेले ताप्लेजुङका ८२ विद्यालय बन्द, झण्डै ७ हजार विद्यार्थीकाे पढाई प्रभावित
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १५:३३:३४
७ असार, काठमाडौं । गएको शनिबार र आइतबार परेको भारवी वर्षापछि गएको बाढी र पहिरोका कारण ताप्लेजुङमा ८२ विद्यालय बन्द भएका छन् ।
पढाई पूर्णरुपमा प्रभावित भएको छ । बाढी र पहिरोले सडक, गोरेटो, पक्की पुल, झोलुङगे पुल बगाएका कारण विद्यार्थी आवतजावत माध्यम ठप्प हुन पुगेको हो । यसबाट विद्यालय बन्द अवस्थामा छन् ।
सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाका विद्यालय संचालनमा आउन सकेका छ्रैनन् । पहिरोका कारण कतिपय विद्यालय उच्च जोखिममा परेका छन् ।
पहिरोका कारण सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा परेको छ । त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको छ । विद्यालयसँग जोडिएका सबै बाटो अवरुद्ध भएको छ । जोखिममा परेपछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कञ्चजङ्घासहित सिरिजङ्घा गाउँपालिकामा संचालन रहेका ४२ वटा विद्यालय बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । यहाँ करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् ।
यस्तै, सिदिङ्वा गाउँपालिकामा रहेका ३९ वटा विद्यालय पनि बन्द गरिएको छ । ति विद्यालयहरुमा रहेका ३ हजार एक सय विद्यार्थीहरुको पढाइ पूभावित भएको छ । वर्षाको क्रम नरोकिएको र पहिरो खस्ने तथा बाढी चल्ने क्रम जारी रहेपछि आगामी साउन ६ गतेसम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका शिक्षा विभागले जनाएको छ ।
बाढी-पहिराेले ताप्लेजुङ, पाँचथर र संखुवासभामा गरी १० जनाको मृत्यु भएको छ भने २६ जना अझै हराइरहेका छन् । यस क्षेत्रका ४ पक्की पुल, २ झोलुङगे पुल बाढीले बगाएको छ भन् २ वटा झोलुङगे पुलमा क्षति पुगेको छ । मानिस आवतजावत गर्न नमिल्ने अवस्थामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार