नर्सिङको भर्ना कार्यक्रम प्रक्रिया बढाउन सीटीईभीटीलाई अल्टिमेटम
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १६:७:४३
७ असार, काठमाडौं । निजी मेडिकल शिक्षा अध्यापन गराउने शिक्षालयहरूले १० दिनभित्रमा नर्सिङको भर्ना कार्यक्रम अगाडि बढाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)लाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समिति नेपालले सीटीईभीटीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै १० दिने अल्टिमेटम दिएको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनको कारण देखाउँदै परिषद्ले विगत २ वर्षदेखि देशभरबा ७० वटा नर्सिङ कलेजमा प्रमाणपत्र तहको नर्सिङ कार्यक्रममा भर्ना रोकेको भन्दै भर्ना खुला गर्न माग गरेका छन् । सीटीईभीटीको सम्बन्धनअन्तर्गत संचालित सबै कलेजहरुमा ४ हजार ४०० विद्यार्थी भर्ना गर्न सकिने भएपनि १८ सय मात्र भर्ना लिएर बाँकी २६ जनाको अध्ययन गर्ने अधिकार खोसिएको उनीहरुको तर्क छ । परिषद्ले कानूनविपरीत भर्ना प्रक्रिया रोक्दा कलेज बन्द अवस्था रहेको बताएका छन् ।
‘परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन २०४५ को अधिकार प्रयोग गर्दै आजको मितिले १० दिन भित्र परिषद् ऐनको मर्म, नीति, सो अनुसार निर्मित मापदण्डका आधारमा निर्बाध रूपमा विगत २४ वर्ष देखि सञ्चालनमा रहेका शिक्षालयहरूमा नर्सिङ कार्यक्रमको भर्ना नि:सर्त खोल्ने निर्णय गरी सार्वजनिक सूचना गर्न अनुरोध गर्दछाैं’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सिटिईभिटी स्कुल तहको प्राविधिक शिक्षा प्रदान गर्ने देशको स्वायत्त तथा आधिकारिक निकाय हो भन्ने विषय राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५३ ले स्पष्ट गरेको उनको भनाई छ । प्रमाण पत्र तहको नर्सिङ कार्यक्रम चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र भित्र नपर्ने उनले बताए ।
सिटिईभिटीको वर्तमान नेतृत्वले परिषद् ऐन २०४५ बाट प्राप्त अधिकार प्रयोग गर्न नचाहेर यो विनाश भएको निष्कर्ष उनीहरुको छ । भर्ना खुला नगरिए त्यसबाट पुग्ने क्षतिको पूर्ण जिम्मेवारी परिषद्ले लिनुपर्ने चेतावनी समेत दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार