डुवान रोक्न एक करोड ६७ लाखको लागतमा ढल व्यवस्थापन
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १६:१७:३
७ असार, चितवन । वर्षातका समयमा यहाँका धेरै सरकारी कार्यालय डुवानमा पर्ने गर्दछन् । कतिपय कार्यालयमा सेवाग्राही छिर्न नसकेपछि ‘जेनेरेटर’ लगाएर पानी फाल्नुपर्ने बाध्यता रहेको छ । भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, शिक्षा समन्वय इकाई, जिल्ला समन्वय समितिको कार्यालय लगायतका कार्यालय वर्षातका समयमा डुवानमा पर्ने गरेका छन् ।
यीसँगै रहेका ‘गेष्टहाउस’ चौर पनि वर्षातभर पानी जम्ने गर्दछ । यसका कारण नियमित सेवा प्रवाह प्रभावित हुने गरेको छ । ती क्षेत्रमा डुवान रोक्नका लागि यसवर्ष ढल निर्माण थालिएको छ । वर्षातका समयमा पानी जम्ने समस्या बढेपछि भरतपुर महानगरपालिका–१० मा ढल निर्माणको कामलाई तीव्र बनाइएको छ । अधिकांश सरकारी कार्यालय रहेको यस वडामा वर्षात सुरु भएसँगै पानी जमेर निकास नहुँदा समस्या बन्दै आएको थियो ।
डुवानमा पर्न थालेसँगै वडा नं १० ले दुई स्थानबाट पानीको निकासका लागि ढल व्यवस्थापन गर्न लागेको हो । महानगरपालिकाको रु एक करोड ६७ लाखको लागतमा काम भइरहेको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए । एकातर्फको ढल चौबिसकोठी र अर्को तर्फको बाइपास रोडको थानिचोकमा निकासका लागि नाली बनाउन लागिएको हो । १ दशमलब ५ किलोमिटर नाली वनाएर जम्ने पानीको व्यवस्थापन गर्न लागिएको उनले बताए ।
यस क्षेत्र हुँदै जाने नारायणी लिफ्टका नहर अतिक्रमण भएपछि पानी जम्ने समस्या बढेको हो । यस क्षेत्रका नहर मिचेर सडक र भौतिक संरचना निर्माण भएका छन् । महानगरका अन्य क्षेत्रमा पनि ढल निर्माणका लागि गुरुयोजनाको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार