खानेपानी आयोजनाले रानीपौवाका एक सय २० घरधुरी लाभान्वित
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १६:३०:३०
७ असार, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रानीपौवा खानेपानी आयोजना निर्माण भएको छ । जिल्लास्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपभोक्ता समितिमार्फत निर्माण भएको आयोजनाबाट रानीपौवाका एक सय २० घरधुरी लाभान्वित भएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले मिटर जडित निजी धारामार्फत सबै उपभोक्ताको घरघरमा खानेपानी वितरण गरिएको बताए । ओखलेपानी, खरिपानी र तुसारेपानीको मुहानबाट ल्याइएको पानी ७५ हजार लिटर, बीस हजार लिटर र १६ हजार लिटर क्षमताको तीन वटा रिजर्भ ट्याङ्कीमा सङ्कलन गरी पाइपलाइनमार्फत घरघरमा रहेका धारामा आपूर्ति गरिएको उहाँले जानकारी दिए ।
अध्यक्ष कार्कीका अनुसार साविक पिप्ले गाविस–४ मा पर्ने रानीपौवा, बस्नेगौडा, घारराखर्क, खरिपानी टोलमा ‘एक घर, एक धारा’ योजनाअन्तर्गत धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
सुमन पौडेलले खानेपानी आयोजना निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको बताए । “सार्वजनिक धाराबाट वितरण हुँदै आउको पुरानो आयोजनाबाट पर्याप्त पानी आपूर्ति नहुने समस्याले सास्ती भएको थियो,” उनले भने “घरकै धारामा पानी आउन थालेपछि समयको बचत, सरसफाइमा सहयोग र दैनिकिमा सुधार भएको छ ।”
विसं २०७४ मा सुरु भएको उक्त आयोजना सङ्घ र प्रदेश सरकारका निकायमध्ये कसले कार्यान्वयन गर्ने भन्ने विवादले गत वर्षसम्म अलपत्र परेको थियो । कूल रू एक करोड ३६ लाख लागत अनुमान गरिएको आयोजनाका लागि विसं २०७७ सम्म वार्षिक रू दुई देखि तीन लाखका दरले बजेट विनियोजन भए पनि निर्माण सम्पन्न हुन सकेको थिएन् ।
चालु आर्थिक वर्षमा रानीपौवा खानेपानी आयोजनाका लागि रू ३० लाख बजेट विनियोजन भएको थियो । खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले मुख्य र शाखा पाइपलाइन खरिद, ढुवानी, इन्टेक, ट्याङ्की निर्माण, मुख्य पाइपलाइन खन्ने र गाड्ने काम गरेको समितिका अध्यक्ष कार्कीले बताए ।
उनका अनुसार उपभोक्ताले शाखा लाइन खन्ने, पुर्ने र धारा जडान गरेका हुन् । “पानी वितरणलाई व्यवस्थित बनाउन सबै उपभोक्ताको धारामा मिटर जडान गरी महसुल सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
कात्तिक २५, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार