मेयर बालेनलाई स्पष्टीकरण सोध्ने कार्य रोक्न उच्च अदालतको आदेश
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १७:२६:२५
७ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा आदेश दिएको छ ।
बिहीबार न्यायाधीश धीरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । स्पष्टीकरण सोध्नुका लिखित कारण पेस गर्न र रिट निवेदनमाथि छलफल गर्ने दुवै पक्षलाई बोलाउने आदेश पनि दिएको छ ।
काठमाडौं महानगरपालिका–९ मा सिनामंगलमा नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सापास नभएको भन्दै महानगरपालिकाको नगर प्रहरीले अनुगमनका क्रममा जेठ ३२ गते फेन्सिङ तार काटेको थियो ।
सोको विरोधमा प्राधिकरणले नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दुहाई दिँदै ‘तपाईँलाई कारवाही किन नगर्ने’ भन्दै ७ दिनभित्र लिखित जवाफ दिन साह, ९ वडाका अध्यक्ष, नगर प्रहरी लगायतलाई असार १ मा पत्र कोटेको थियो ।
पत्र काटेपछि शाहलगायत भवन निर्माणको अनुगमन र अनुमति दिने क्षेत्राधिकार आफ्नो भएको भन्दै पत्र खारेजीको मागसहित उच्चमा रिट दायर गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार