पार्टीका अन्तरवस्तुमाथि बहस चलाउन प्रेसमैत्री रणनीति बनाउँदै कांग्रेस
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १८:१२:३४
७ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको मुलभूत अन्तरवस्तुलाई बहसमा ल्याउन प्रेसमैत्री नीति अवलम्बन गर्ने भएको छ । देशको मूल राजनीति र समसामयिक विषयलाई लिएर पार्टीमाथि जनस्तरबाट विभिन्न प्रश्नहरू उठिरहेका बेला कांग्रेसले प्रेसमैत्री रणनीति अवलम्बन गर्न लागेको हो ।
पार्टी नेतृत्व समयको माग र उत्पन्न परिस्थिति अनुकुल चल्न नसकेको भन्दै कांग्रेस यति बेला आफैं आन्तरिक विवादमा छ । १४ औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि पार्टीका गतिविधिलाई चलायमान बनाउने विभागहरू अझै गठन भएका छैनन् । भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिन पनि कांग्रेस चुकिरहेको छ ।
खास गरी आम निर्वाचनपछि कांग्रेसका गतिविधिमाथि प्रश्न उठिरहेका छन् । सभापति शेरबहादुर देउवाको नेतृत्व पार्टीलाई चलायमान बनाउन र कांग्रेसमाथि उठिरहेका प्रश्नको जवाफसमेत दिन असमर्थ भएको भन्दै पदाधिकारी तहमा रहेका नेताहरूले नै विरोध गरिरहेका बेला कांग्रेसले प्रेसमैत्री रणनीति तयार गर्ने जमर्को गरेको हाे ।
सभापति देउवाले हालैमात्र प्रचार विभागको जिम्मेवारी नेता मीनबहादुर विश्वकर्मालाई दिएका छन् । विश्वकर्मा विभागको नेतृत्वमा आएपछि समिति पनि गठन भएको छ । तर विभाग गठनमा वरियता, पदीय मर्यादाको ख्याल नगरिएको तथा आफ्ना ढोके चम्चेदेखि दलाल र हुल्ल्डबाजसम्मलाई एकै ठाउँमा राखेर विभागको गरिमा र महत्वलाई नजरअन्दाज गरिएको भन्दै समितिमा परेकाहरूबाटै विरोध र असहमति प्रकट पनि भएको छ । सूचना र प्रचारको 'प र स' सम्म नजानेकाहरुलाई केही नेताको कोटको खल्तीबाट निकालेर हुल जम्मा गरिएको प्रति चौतर्फी विरोध पनि भएको छ ।
यद्दपि नेता विश्वकर्माले पार्टीका विभिन्न गतिविधि बढाउन विभाग अन्तर्गत हुने कामलाई गति दिने तयारी गरेका छन् । तर, उनको विभाग भौतिक रुपमा असरल्ल छ । यसै पनि कांग्रेसको पार्टी कार्यालय अव्यवस्थित नै रहने गरेको छ ।
कार्यालय भएपछि जनसम्पर्क बढ्छ, कार्यकर्ता आउँछन । तर, उनी बस्ने कार्यालयसमेत व्यवस्थित छैन । अहिले पार्टी कार्यालयको छतको एक भागमा उनका लागि कार्यालयको व्यवस्थापन भइरहेको छ । केही दिनभित्र यसलाई व्यवस्थित गर्ने उनले बताए । बुधबार उनकै निमन्त्रणामा नेपालबहसको एक टोली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेको थियो । छतको एक कुनामा आफ्नो कार्यालय बनाएर बसेको अवस्थामा भेटिए प्रचार विभाग प्रमुख विश्वकर्मा ।
भलाकुसारीका क्रममा उनले आफ्नो प्रेसमैत्री रणनीति सुनाए । विश्वकर्माले अहिले पार्टी र सरकारका सबै गतिविधिबारे प्रेसको ठूलो भूमिका देखिएको तर, कांग्रेस र प्रेससँगको सम्बन्ध त्यति राम्राे नदेखिएको बताए । उनले कांग्रेस प्रेस स्वतन्त्रताको पक्षधर भएपनि यतिमै चित्त बुझाउने स्थिति नभएको भन्दै अब सम्बन्ध विस्तार गरिने बताए ।
उनले प्रेसले सम्पर्क गर्दा कांग्रेस नेता नभेटिने र भेटिएपनि पूर्ण सूचना र जानकारी नदिने गरिएको प्रति आफू सचेत रहेकाे बताए । प्रेसले सहज सूचना खोज्दा हामीले दिन सक्नुपर्थ्यो । यसमा विगत देखि नै कमजोरी भएको उनले सुनाए । प्रेस निकट सम्बन्ध बनाउन र पार्टीका हरेक गतिविधि जनतासामू पुर्याउन कस्तो रणनीति अंगीकार गर्ने भन्ने विषय उनले निकटस्थहरुसँग छलफल भइरहेको बताए ।
विश्वकर्माले भने, ‘अहिले कांग्रेसका पक्षमा लेख्ने पत्रकारहरू कम देखिएका छन । यसको कारण पनि कांग्रेस नै हो । प्रेसलाई बुझेर आफ्ना विषयहरू पस्किने काम नभएकाले कांग्रेसको प्रेससँगको सम्बन्ध विस्तारै टाढिँदै गएको हो । अब यसमा आमुल परिवर्तन गरिनेछ । अब कांग्रेस र पत्रकारको सम्बन्ध प्रगाढ हुन्छ । चाहे त्यो कांग्रेस विरोधी किन नहोस ।’
उनले प्रेसलाई पूर्ण उपयोगका लागि आईटी सेक्टरलाई पनि बलियो बनाउने बताए । नयाँ प्रविधि अनुसार कांग्रेसका भनाइ र कार्यक्रमहरू बाहिर पुर्याउनका लागि प्रेसमैत्री नीति कांग्रेसले बनाउन खोजेको उनको आसय थियो । कांग्रेसबाट कांग्रेसको विरोध भइरहेको भन्दै उनले अबको ६ महिनासम्म कांग्रेस नेताहरूले मौन व्रत बस्नुपर्ने अवस्था देखिएको छ । पार्टी र नेतृत्वको बाहिरबाट भन्दा पनि कांग्रेस भित्रैबाट भइरहेको विरोध निकै हानिकारका भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार