लम्पी स्किन रोग नियन्त्रणका लागि सहसचिवको नेतृत्वमा टोली परिचालन
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १२:२१:२०
८ असार, काठमाडौं । सरकारले पशु चौपायामा महामारी बनेर फैलिइरहेको लम्पी स्किन रोग नियन्त्रण तथा औषधोपचारका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले लम्पी स्किन महामारी नियन्त्रणबारे राखेका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सहसचिवको नेतृत्वमा ७ सदीय टोली गठन भइसकेको र टोलीलाई सात वटै प्रदेशमार्फत सबै स्थानीय तहसम्म पुग्ने गरी स्थानीय तह वडास्तरमा समन्वय गरेर रोगबाट संक्रमित पशुको उपचार र महामारी नियन्त्रणका लागि ठोस काम गर्ने जिम्मा दिइएको बताए । सरकारले रोगविरुद्ध भ्याक्सिन उप्लब्ध गराउने आश्वसन पनि दिएका छन् ।
लम्पी स्किन रोग हालसम्म ७६ जिल्लामा फैलिएको र यसबाट हालसम्म गाई, भैंसी, गोरु, राँगागरी साढे ६ हजार मरिसकेको छ । १० लाख भन्दा बढी संक्रमित भएका छन् । संक्रमणका कारण पहाडी गोरु बिरामी परेका कारण पहाडी क्षेत्रमा धान रोपाईँ प्रभावित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
किसानले सुकाएर राखेको अलैँचीको दाना
कात्तिक १६, २०८१ शुक्रबार
यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
कात्तिक १६, २०८१ शुक्रबार
एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन
कात्तिक १६, २०८१ शुक्रबार
कमला ह्यारिसको र्यालीमा प्रसिद्ध गायिका लोपेज पनि सहभागी
कात्तिक १६, २०८१ शुक्रबार
गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न गृहको निर्देशन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
कात्तिक १६, २०८१ शुक्रबार