कृषकले मल नपाउने र उत्पादन बाटोमा फाल्नु पर्ने अवस्थाको अन्त्य गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १२:५१:३१
८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादनका लागि आवश्यक रासायनिक मल अभाव नहुने बताएका छन । उनले मल आपूर्ति विगतकोभन्दा राम्रो भएको दाबी गर्दै आइन्दा कृषकले आफ्नो उत्पादन बाटोमा फाल्नुपर्ने दिन पनि अब सरकारले आउन नदिने बताए ।
संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने बताए । प्रचण्डले किसानले उत्पादन गरेको तरकारी बाटोमा फाल्न नपरोस् भनेर बजारिकरणका लागि सरकारले काम गरिरहेको बताए । उनले कृषि उपजको कृषकले न्यून मूल्य पाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजन पूर्वसमर्थन मूल्य तोक्ने व्यवस्था गरिएको जानकारी दिए ।
सांसद अर्जुननरसिंह केसीले खेतीको समयमा मल नपाउने अवस्था रहेको बताए । त्यही समयमा कालो बजारीमा पनि फस्टाएको उनको भनाइ छ । यसलाई चिरेर उत्पादन गरेका कृषि उपजको न्यूनतम मूल्य नपाएर सडकमा फाल्नु परेको छ । यसको अन्त्य यो वर्ष हुन्छ भन्दै प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफ दिँदै उनले दूधको समर्थन मूल्य तोकिएको, उखु किसानलाई अनुदान दिइएको तथा तरकारीको बजारीकरणमा देखिएको समस्या अन्त्य गर्न विकेन्द्रीकरणको माध्यमबाट कार्य अघि बढाइएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले बढी उत्पादन भएको खाद्य सामानको कोल्डस्टोरमा राख्न सक्ने पूर्वाधार बनाउने र केहीको न्यूनतम मूल्य तोक्ने काम भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
इलाममा धान उत्पादन घट्यो
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार