भारतले नेपालमाथि हवाई प्रतिबन्ध लगाइरहेकाे छ : सांसद भट्टराई
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १३:३१:४२
८ असार, काठमाडौं । एमालेका सांसद योग भट्टराईले दिक्षणी छिमेकी भारतले नेपालको हवाई उडानमा प्रतिबन्ध लगाइरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेट शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद भट्टराईले ‘रोटीबेटी’को साइने लगाउने छिमेकी मुलुक भारतले नेपालको हवाइ रुट दिन आनकानी गरेर अघोषित रुपमा प्रतिबन्ध लगाइरहेको बताए ।
‘विगतमा भारतले जमिनको यातायातमा नाकाबन्दी गर्यो, अहिले फेरि हवाई रुट नदिएर आकाशमा उडानको बाटो पनि बन्द गरिराखेको छ, छिमेकी भनिनेबाट यस्तो काम हुनु राम्रो होइन । यसमा सरकारले घुँडा टेक्दा भारतले झनै हेपेको अवस्था छ’ भट्टराईले भने । भारतले भैरहावाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानले केही भारतको भाग प्रयोग गर्नुपर्ने अवस्थामा समेत रुढ अनुमति दिन भारतले नमानेको भन्दै रुटका लागि तत्काल वार्चा गर्न सरकारसँग माग गरे । यसअघि जेठको तेस्रो हप्ता प्रधानमन्त्री प्रचण्डले भारतक भ्रमणका क्रममा रुढबारे समक्षी नरेन्द्र मोदीसँग कुरा चलाएपनि ठोस कुरा जवाफ नदिएर टारेका थिए । रुट नपाएका कारण यो विमास्थलमा अन्तर्राष्ट्रिय कम्पनीहरुले बोइङ जहाज उडा भर्ना मानेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा हवाई उडान रुट दिन स्पष्ट कुरा राख्न नसकेको आरोप लगाए । ‘भ्रमणमा एक दुई वटा टिकटको लोभ गर्नुभो, हामी प्रतिपक्षका एक दुई जना सांसद पनि जान सक्थ्यौं, तर उदारता देखाउन सक्नुभएन । राम्रो कामका लागि एमाले सरकारलाई सदैव साथ सहयोग गर्न तयार छौं नि’ उनले भने, ‘के भारतले पूर्व र पश्चिम क्षेत्रमा नेपालको आकाशबाट भारतले आफ्नो हवाई उडान गरिरहेको छ, त्यसबारे सरकार जानकार छ कि छैन ? यसमा भारतले नेपाललाई सोधेको छ ? सरकार मेरो प्रश्न छ ।’
भट्टराईले बोलिराख्दा पर्यटक मन्त्री सुदन किराती भने बैठकमा अनुपस्थित थिए । त्यसमा उनले पर्यटन मन्त्री किराती बिरामी परेका कारण अनुपस्थित भएका भए ‘स्वास्थ्यलाभ’को कामना रहेको बताए । उनले देशभर ५५ वटा विमानस्थल रहेको र यसमध्ये दुई तिहाईजति संचालनमा रहेपनि बाँकीलाई संचालन ल्याउन बजेट छुट्याउन सुझाव दिए । साथै कतिपय स्थानमा ४५ मिनेट मोटर दुरीमा विमानस्थल रहेको समेत बताए ।
उनले अन्य जिल्लाका विकट क्षेत्रमा सडक यातायात पुग्न बाँकी रहेकाे र त्यस्ता क्षेत्रमा विमानस्थल बनाउनु आवश्यक रहेको बताए । त्यसनिम्ति अध्ययन गर्न पर्यटन मन्त्रालयलाई सुझाव दिए । उनले गृह, रक्षा मन्त्रालय र प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालयको खर्च एक रुपैयाँ कायम गरी बाँकी सबै बजेट कटौती गर्न प्रस्ताव गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार