सांसद केसीद्वारा कारागार पुनर्संरचना गर्न गृहमन्त्रीको ध्यानाकर्षण, बजेट न्यायोचित नरहेको भनाइ
जेल सुधार गृह होइन, यातना गृह बनाइएको छ : महसेठ

नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १५:१४:४८

८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनर सिंह केसीले देशभरका कारागार (जेल)को पुर्नर्संरचना गर्न माग गरेका छन् । गृहमन्त्रालयमाथि आगामी आव २०८०/८१ का लागि विनियोजित बजेटमाथि धारणा राख्दै सांसद केसीले देशैभरका कारागारको अवस्था जीर्ण बनेको र क्षमता पनि निकै कमी रहेको बताए ।
कांग्रेस नेतृत्वको सरकारका बेला नीति बनाएर सबै जेलको पुनर्संरचना र क्षमता विस्तार गर्ने कार्यक्रम चलाएको स्मरण गर्दै त्यसलाई अहिलेका सरकारले आउँदो बजेट वर्षबाटै पुनर्संरचना गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुझाव दिए । कैदीको संख्या बढेको र जेलको विद्यमान क्षमता साँधुरो भएको उनको भनाइ छ । युवा पंक्ति बढी मात्रामा लागू औषधमा फस्दै गएको र यसलाई रोक्न कार्यक्रम ल्याउन मन्त्रीको ध्यानाकर्षण गराए । जेललाई सुधार गर्न अनिवार्र्य रहेको बताए । उनले अहिलेको बजेट न्यायोचित नरहेको र बजेट सन्तुलित बनाएर थप गर्नुपर्ने बताए ।
यस्तै एमालेका सांसद रघुवीर महासेठले सरकारले जेललाई सुधार गृह नभई यातनाा गृह बनाइरहेको टिप्पणी गरे । ५ जना सुत्न सकिने क्षमताको ठाउँमा २५ जनासम्म केहदीलाई सुताइएको उनले बताए । ‘अपराधी प्रवृत्तिका मानिसलाई जेल राखिन्छ, त्यो कुरा बुझ्छौं, तर बाँच्न पाउने अधिकारको सम्मान गर्नु सरकारको दायित्व हो’ महासेठले भने ।
उनले गृह प्रशासनभित्र अपराध, भ्रष्टाचार र चलखेलको परिस्थिति देखिनु दुःखद् रहेको भन्दै यसलाई रोक्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले काठमाडौंमा पनि मिटरब्याजी मौलाउँदो अवस्थामा रहेको भन्दै धनुषामा भएका मिटरब्याजी र पीडितबारे सत्यतथ्य बाहिर ल्याउन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
अमेरिकी नागरिकताको लोभ देखाएर ५० लाख डलरको गोल्ड कार्ड बेच्ने राष्ट्रपति ट्रम्पको योजना
फागुन १४, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार