उपप्राध्यापक प्रेम चलाउनेले तोडे आमरण अनशन
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १५:३३:२७
८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने आफ्नो आमरण अनशन तोडेका छन् । उनलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनशन तोडाएकी हुन् ।
आक्रमण परी गम्भीर घाइते अवस्थामा परेका बेला बरालले हेरचाह गरेर बचाएकी थिइन् । आफूमाथि आक्रमण गर्ने अभियुक्तहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध यही सोमबारदेखि चलाउनेले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । गएको जेठ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अभियुक्तहरुको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने आक्रोशित बनेका हुन् ।
अनशनकै बेला उनले सर्वोच्च अदालतमा दायर गराएको रिटमाथि सुनुवाई गर्दै बिहीबार मात्रै मुद्दा फिर्ता नलिन आदेश दिइसकेको छ । योसँगै उनले अडशन तोडेका हुन् । २०७७ असोज २० मा त्रिवि हाताभित्र कांग्रेस निकट नेविसंघका विद्यार्थी नेता हरि आचार्यसहित ४ जनाको समूहले रडले आक्रमण गरी अर्धचेत अवस्थामा छाडेका थिए । उद्धार गरी उपचारपछि उनी हाल बैशाखीको सहारामा हिँडडुल गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार