रासायनिक मल ७१ हजार टन मौज्दात, ४५ हजार आउँदै
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १५:४५:१७
८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको संसदलाई जानकारी दिएका छन् । । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले गत वर्षको साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार टन रासायनिक मल आयात भएको बताए ।
उनले सोमध्ये ७१ हजार टन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको बताए । यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने छ । यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुदैन ।
रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमाभन्दा सुदृढ भएको र रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको उनले बताए । मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरणकार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएकाले सहजता भएको उनको भनाइ छ ।
मल वितरण प्रणालीलाई पारदर्शी बनाउन आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको उनले । प्रधानमन्त्रीले सदनलाई यो जानकारी दिएपनि यतिबेला देशभरका किसानले मल नपाएको गुनासो गरिरहेका छन् । भएको मल पनि सरकराले उचित रुपमा वितरण गर्न सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार