प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा अवकाश दिने व्यवस्था गरौं : रबि लामिछाने
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १५:५२:५३
८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रबि लामिछानेले नेपाल प्रहरीका जवान र हवल्दारलाई सेवा १६ वर्षमा अवकाश दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृह मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि धारणा राख्दै उनले यस्तो कुरा बताएका हुन् ।
१६ वर्षे अवकाशबाट उनीहरु विदेशमा गएर काम गर्ने उमेर पनि कायम रहने र प्रहरी सेवामा अन्यले पनि अवसर पाउने उनको धारणा थियो । साथै प्रहरीलाई हिउँदमा ज्याकेट र वर्षात्का बेला पानी छल्ने पोशाक समयमै उप्लब्ध गराउन गृहमन्त्रालयको ध्यानाकर्षण गराए । प्रहरीको लत्ता कपडाका नगदै दिनुपर्ने बताए । यसबाट टेण्डरमा मिलेमतो हुने र कमसल सामानमा भर पर्नुपर्ने हैरानीबाट मुक्त हुन सकिने उनले बताए ।
मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पत्ति शुद्धिकरणसम्बन्धी नीतिमा ‘ग्रे स्केल’मा पर्न लागेको सूचना आउनु चिन्ताको विषय भएको बताए । साथै नेपाली प्रहरीका बर्दीधारीलाई व्यक्ति सुरक्षाको नाममा घरघरमा पठाउने काम पुनः सुरु भएको भन्दै यसलाई तत्काल फिर्ता गर्न माग गरे ।
यस्तै रक्षा मन्त्रालयमाथिको बजेट शीर्षकमा उनले नेपाली सेनालाई समयानुकूल दक्ष र प्रविधियुक्त बनाउँदै लैजानु पर्ने बताए । यसमा बजेट कम भएको भन्दै थप गर्न सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार