प्रतिजसुसी संयन्त्र स्थापना गर्न र देशभित्रै सेनाका बन्दुक बनाउन सुरु गर्नुपर्छ ः रघुजी पन्त
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १७:१२:२६
८ असार, काठमाडौं । एमालेका सांसद रघुजी पन्तले मुलुकमा प्रतिजासुसी संयन्त्र स्थापना गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रक्षा, गृह, पर्यटन मन्त्रालय र प्रधामन्त्री र राष्ट्रिय योजना आयोगको विनियोजन विधेयकमाथि धारणा राख्दै सांसद पन्तले प्रतिजासुसी संयन्त्र स्थापना गर्न ढिला भइसकेको बताए । साथै, उनले नेपाली सेनाका लागि चाहिने बन्दुक देशभित्रै बनाउन सुरु गर्नुपर्ने बताए ।
देशभित्र सुरक्षा खतराबारे बुझ्न जासुसी निकाय रहेपनि यसले मात्र पूर्ण सुरक्षाबारे पूर्व जानकारी लिन अपुग भइरहेको बताए । विदेशीले नेपालमाथि भूमिमाथि समेत हस्तक्षेप बढाएको भन्दै विभिन्न प्रकारका हस्तक्षेपबारे सूचना लिएर प्रतिवादका लागि ठोस रणनीति तय गर्न प्रतिजासुसी संयन्त्र अनिवार्य भएको बताए ।
यस्तै उनले नेपाली सेना विश्वमै अकाट् गौरव र इतिहास बोकेको सेना रहेको भन्दै समयानुकूल विकसित र प्रविधियुक्त बनाउँदै लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले सेनालाई चाहिने हातियार र गोलीगठ्ठ देशभित्रै बनाउनुपर्ने बताए । ‘सेनाले विदेशीबाट ल्याएको बन्दुक मात्र बोक्नबाट मुक्त गर्न देशभित्रै बन्दुक बनाउन सुरु गर्नुपर्छ’ उनले भने, ‘हाम्रा सेना विश्व शान्तिमा अब्बल कहलिएका छन्, अब आफैंले बन्दुक बनाउनुपर्ने बेला भएको छ । त्यसका लागि पर्याप्त बजेट छुट्याउनुपर्छ । विनियोजित बजेट कम भएको छ ।
साथै उनले गृह मन्त्रालसँग मात्र भर नपरी आवश्यक पर्दा शान्ति सुरक्षा कायम गर्न सक्ने जनशक्ति र स्रोत प्रधानमन्त्रीसँग हुन आवश्यक रहेको बताए । प्रधानमन्त्रीले धर्म र संस्कृतिलाई समान रुपमा लिन सक्नुपर्ने बताए । ‘उदाहरणका लागि भारतको मणिपुरमा जारी जातीय हिंसालाई हेरे मात्र पुग्छ’ उनले भने, ‘त्यहाँ झडपमा उत्रिएका दुवै पक्ष आदिवासी नै हनु् । तैपनि राज्य संचालन गर्नेले विचार पुर्याउन नसक्दा त्यो अवस्था आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार
श्रीमान् बचाउन खोज्दा श्रीमतीको करेन्ट लागेर मृत्यु
बैशाख २९, २०८१ शनिबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
फोहर सङ्कलनमा नेपाली सेना प्रथम
बैशाख २९, २०८१ शनिबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार