बृहत शान्ति सम्झौताअनुरुप सेनाको संख्यामा पुनर्विचार आवश्यक : सांसद घर्ती
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १७:४४:३६
८ असार, काठमाडौं । माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले नेपाली सेनाको संख्या पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा जारी मन्त्रालयगत विनियोजन विधेयकमाथि धारणा राख्दै नेपाली सेनाको संख्या बृहत शान्ति सम्झौताअनुरुप परिमार्जन हुन आवश्यक रहेको बताए ।
‘मुलुकमा सशस्त्र द्वन्द्व हुनुअघि ५० हजारमा सेना थियो, द्वन्द्वका क्रममा ९० हजार पुर्याइयो’ उनले भने, ‘पछि बृहत शान्ति सम्झौतामा राष्ट्रिय सेनाको संख्या कटौती गर्ने भनिएको थियो, त्यो हुन सकेको छैन ।’ सेनाको स्तर वृद्धि गर्न र आधुनिक बनाउन ढिलाई गर्न नहुने बताए ।
उनले सशस्त्र प्रहरीलाई पूर्णरुपमा सीमा रक्षा सुरक्षामा खटाउनुपर्ने बताए । नेपाल प्रहरीलाई अपराध नियन्त्रणमा सशक्त बनाउन बजेट अभाव हुन नदिने बताए ।
यस्तै, सांसद घर्तीले सदन अनुशासन र मर्यादामा चल्न नसकेको बताए । उनले संसदीय व्यवस्थामा सदन बैठक र बैठकमा सहभागी सम्पूर्ण सांसदहरु ‘हाउस इन अर्डर’मा चल्न अनिवार्य रहने बताए ।
सदनमा प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नमा जवाफ दिने क्रममा दोहोरी चलाउने, प्रधानमन्त्रीले आफ्नो कुरा राख्दा पटकपटक राकिनुपर्ने अवस्थाले सदनको गरिमा मात्र नभई नियवमाली मिचेको बताए । नियमापत्ति जनाउँदा पनि नियमको दफा उल्लेख अनिवार्य हुने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार
श्रीमान् बचाउन खोज्दा श्रीमतीको करेन्ट लागेर मृत्यु
बैशाख २९, २०८१ शनिबार
शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक : प्रदेश प्रहरी प्रमुख खापुङ
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
फोहर सङ्कलनमा नेपाली सेना प्रथम
बैशाख २९, २०८१ शनिबार
व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार