सातवटै प्रदेशमा बिहानैबाट वर्षा, बाढी र पहिरोको उच्च जोखिम

नेपालबहस संवाददाता
असार ९, २०८० शनिबार ८:३३:५५

९ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेको बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदूई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा भइरहेको छ । वर्षा करिब १० बजेसम्म हुने मौसमविद् समिर श्रेष्ठले बताएका । १० बजेपछि पानी पर्न रोकिए पनि मौसम बदली भइरहन्छ ।
हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । हिजोबाट मनसुन देशभर फैलिएको छ । यो वर्ष औसत समयभन्दा एकदिन ढिलोगरी मनसुन देशभर फैलिएको हो । जेठ ३१ गते यो वर्ष मनसुन नेपाल भित्रिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउन सक्ने
फागुन १५, २०८१ बिहिबार
डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा १३ देशका प्रतिनिधि सहभागी
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार
चितवनमा ‘बेबी कर्न’ को जातिय परीक्षण सुरु
फागुन १५, २०८१ बिहिबार
दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन
फागुन १५, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि साम्बा र रेखा आ-आफ्नो क्लबमा फर्किए
फागुन १५, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायणले आफैँ निर्माण गर्ने
फागुन १५, २०८१ बिहिबार