लुम्बिनीको मूख्य नाकामा सयको सामानलाई कर, चोरबाटोबाट तस्करलाई ‘तर’
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार ११:२२:४८
९ असार, काठमाडौं । मुख्य भन्सार नाकाहरूमा घरायसी किनमेलका लागि भारतीय बजार पुग्ने सर्वसाधारणबाट एक सयको सामानमा राजश्व असुली रहँदा रुपन्देहीका सहायक नाकाहरूबाट चोरी-तस्करी गर्न छुट दिइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा सहायक नाकाबाट तस्करीका सामानहरू नेपाल आएका हुन् ।
यसरी तस्करी हुँदा डिउटी आवरमा रहेका प्रहरीलाई जानकारी नभए मात्र उनीहरूले सामान बरामद गर्ने गरेको तर डिउटीमा रहेका प्रहरीलाई अग्रिम खबर भएमा त्यस्ता सामान सहजै नेपाल आउने गरेको स्रोतले जनाएको छ ।
नाकाबाट छिरेर आएका केही सामानलाई बजार क्षेत्रका प्रहरीले बरामद गर्ने गरेको पाइएको छ । जेठ २२ गते झन्डै ७ लाख मूल्य बराबरको अवैध टायल प्रहरीले लुम्बिनी बजार क्षेत्रबाट बरामद गर्यो । उक्त सामान बोकेको लु १ च ३५२२ नम्बरको बलेरो पिकअप गाडी नाका क्षेत्रका सबै सुरक्षा पार गरेर लुम्बिनी बजारमा आइपुगेको बेला प्रहरीको एउटा टोलीले बरामद गरेको थियो ।
त्यसै दिन साढे ४ लाख मूल्य बराबरको अवैध टायल प्रहरीले भैरहवाको बजार क्षेत्र आवारोडबाट बरामद गरेको थियो । उक्त सामान भैरहवाकै एक जना व्यापारीको थियो । तर पछि त्यो टायललाई भने गुपचुपमा छाडिएको स्रोतको दावी छ । त्यस्तै जेठ २३ गते भारतबाट भन्सार छली ल्याइएका ८ लाख ३० हजार बढी मूल्यका ३७ थान मोबाइल बुटवलको राजमार्ग चौराहबाट बेवारिसे बरामद गरेको थियो । रेडमी, सामसुङ, ओपो, भिभो, नोकिया लगायत ९ वटा कम्पनीका ३७ थान मोबाइल भैरहवाबाट काठमाडौंका लागि छुटेको बसबाट प्रहरीले बरामद गरेको थियो । त्यो पनि भन्सार नाका सबै पार गरेर ल्याइएको थियो ।
अवैध मोबाइल तस्करले सजिलै बोर्डर कटाएर बुटवल ल्याएपछि बल्ल प्रहरीले समातेको हो। बरामद सामान (मोबाइल) भन्सार चलान गरेपछि मुद्दा सामसुम पारिएर मिलाइएको थियो । वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलको टोलीले बरामद गरेको ती मोबाइलबारे प्रहरीले अहिलेसम्म केही बताउन चाहेको छैन । यसमा भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलको पनि मिलेमतो रहेको स्रोतले जनाएको छ ।
जेठ ३१ गते प्रहरीले धकधही क्षेत्रबाट साढे ७ लाख मूल्यका अवैध सामान तथा रासायनिक मलसहित एक जना भरियालाई नियन्त्रणमा लिएर भन्सार चलान गरिदियो ।
अवैध मल भैरहवा, बुटवल पठाउने तयारी हुँदै गर्दा लेनदेनमा कुरा नमिलेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो पछि मिलेमतोमा छाडिदिएको स्रोतको दावी छ । जेठ पहिलो साता ४ लाख ४० हजारको बेवारिसे चिनी धकधहीबाट बरामद गरियो । जेठ ४ गते साढे २ लाख मूल्यका अवैध चल्ला बरामद गरी प्रहरीले नष्ट गर्यो । केही महिना अघि बुटवलको एक घरमा स्टोर गरिएको लाखौँका अवैध सामान बेवारिस बरामद भएका थिए ।
बेरोजगार युवा, महिला तथा बालबालिकालाई पटके तस्करीमा लगाएर अवैध सामान भैरहवा, बुटवल, नवलपरासी, चितवन, पाल्पा, गुल्मीसम्म सप्लाइ गर्ने क्रम विगतदेखि चलिरहेको छ । भन्सार, सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरू भने अवैध सामान बरामदीको तथ्याङ्क देखाएर तस्करी नियन्त्रण भएको बताएपनि उनीहरूको मिलेमतोमा तस्करी मौलाउँदै गएको छ ।
सीमा क्षेत्र तथा मुख्य राजमार्गका सबै सुरक्षा संयन्त्र पार गरेर तस्करीका सामानहरू भैरहवा, बुटवल, पाल्पा, नवलपरासी, चितवन पुगेपछि मात्रै तस्करीको सामान आएको बजार क्षेत्रले थाहा पाउने गरेको छ । सीमा सुरक्षा सँगै चोरी पैठारी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्रले त सितिमिति वेवारिसे सामान भेट्दैन । सशस्त्रले ११ महिनामा २७४ पटक अवैध सामान बरामद गर्दा जम्मा ६ वटामा वेवारिसे सामान बरामद गरेको थियो । उसले २६८ वटा केशमा सामान बेवारिस फेला पार्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार