टिकटक बनाएर नगद पुरस्कार जित्ने अवसर
नेपालबहस संवाददाता
असार ९, २०८० शनिबार १८:७:१६
९ असार, काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको छ । टिकटक प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, द्वितीय पुरस्कार ३० हजार, तृतीय २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
टिकटक प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, अभिनेत्री बेनिशा हमाल र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली रहेका छन् ।
प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्ती असार १४ गतेको अवसरमा हरेक बर्ष विविध कार्यक्रम आयोजना गर्दै आएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस बर्ष टिकटक प्रतियोगिता गरी रचनात्मक रुपमा मनाउने निर्णय गरेको हो ।
प्रतियोगिताको संयोजक प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे रहेका छन्। यसैगरी, सदस्यहरुमा कोषाध्यक्ष इन्द्र आचार्य, सचिव कमलप्रसाद उपाध्याय, विष्णु तारुके, प्रदीप आचार्य, लोग्सरी कुँवर र समीर बलामी छन् । प्रेस चौतारीका अध्यक्ष बस्नेतले युवा अवस्थामै मुलुकका लागि अतुलनीय योगदान दिने जननेता मदन भण्डारीलाई युवा पुस्तासँग जोडेर समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थक बनाउन टीकटक प्रतियोगिता आयोजना गरिएको बताए।
‘मदन भण्डारी र समृद्ध नेपालः सुखी नेपाली’ विषयमा आधारित भएर भाषण, क्यारिकेचर, नाटक, नृत्य, कथा, संवाद, गजल लगायतका रचनात्मक टिकटक बनाउन सकिने संयोजक पाण्डेले जानकारी दिए । उनका अनुसार, प्रतियोगीहरुले #madanbhandari #presschautarinepal ह्यास ट्याग राखी असार २१ गतेसम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ । सोही अनुसार, असार अन्तिम साता काठमाडौंमा भव्य कार्यक्रम गरी विजेताहरुलाई पुरस्कार वितरण गरिने प्रेस चौतारी नेपालले जनाएको छ । यसबाहेक प्रेस चौतारी नेपालले मदन भण्डारीको जन्मजयन्तीमा देशभर साताव्यापी रचनात्मक कार्यक्रमहरु आयोजना गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार