जसपामा ७० वर्षे उमेर हद, १५१ सदस्यीय केन्द्रिय समिति
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार ७:३३:५४
१० असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ७० बर्षे उमेर हद कायम गर्ने भएको छ । काठमाडौंमा आजबाट सुरु हुने विधान अधिवेशनका लागि प्रस्तावित मस्यौदा विधानमा सो उमेर हदको व्यवस्था गरेको हो ।
केन्द्रीय समितिबाट हिजो अनुमोदित भएको सो विधान आजबाट सुरु हुने विधान अधिवेशनमा पेश गरिँदैछ । जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैनन् ।
यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो ब्यवस्था तुरुन्तै लागु हुनेछ । त्यसै गरी, एउटा व्यक्तिले दुई कार्यकाल भन्दा बढी समयसम्म एउटै जिम्मेवारी लिन नपाउने व्यवस्था पनि गरिएको छ ।
जसअनुसार जिल्ला समिति, प्रदेश र राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्ष भन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्तावित विधानमा उल्लेख गरिएको छ ।
जसपा नेपालले सानो तथा छरितो केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ । जसअनुसार अब देखी राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधान अनुसार नयाँ केन्द्रिय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ । हाल जसपाको ४ सय ४० केन्द्रीय सदस्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार