थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेकाे द केरल स्टोरी' ओटिटी प्लेटफर्म भने विक्री भएन
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १०:१७:३५
१० असार, एजेन्सी । सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यो वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो । थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यो फिल्म छिट्टै ओटिटीमा आउनेमा सबै आशावादी थिए । तर बिडम्बना हालसम्म फिल्मले कुनै पनि ओटिटी प्लेटफर्म पाउन सकेको छैन ।
निर्देशक गुप्तोका अनुसार हालसम्म कुनै पनि ओटिटी प्लेटफर्मले फिल्मका लागि सही अफर गरेका छैनन् । ‘हामी एक राम्रो ओटिटी प्लेटफर्मबाट राम्रो व्यापारिक सम्झौताको पर्खाइमा छौं । तर अहिलेसम्म हामीले विचार गर्न लायक कुनै पनि अफर आएको छैन । यस्तो लाग्छ कि फिल्म उद्योग हामीलाई दण्डित गर्न एकजुट भएका छन्’, निर्देशक गुप्तोले भने ।
उनको बुझाईमा फिल्मले बक्सअफिसमा पाएको सफलताले कैयौं वर्गलाई हैरान बनाएको छ । त्यसकारण पनि मनोरञ्जन उद्योगका एक वर्ग उनीहरुको सफलतालाई सजाय दिन एकजुट भएको उनको दाबी छ । तर डिजिटल प्लेटफर्महरुले भने राजनीतिक रुपले कुनै पनि विवादास्पद बस्तुलाई अगाडि बढ्न नचाहेको बताएका छन् ।
‘केरल स्टोरीले बक्सअफिसमा राम्रो प्रदर्शन गर्यो । यद्यपि फिल्मको विषयवस्तु केही यस्तो छ, जुन दर्शकको एक निश्चित वर्गमा जबरजस्ती आक्रोश पैदा गर्न सक्छ । यो तथ्यलाई हेर्दै कुनै पनि प्रमुख ओटिटी प्लेयर फिल्म लिन तयार छैनन्’, एक प्रमुख ओटिटी प्लेटफर्मका बजार व्यवस्थापकले भनेका छन् । ती व्यवस्थापकको बुझाईमा ओटिटी प्लेफर्मले अधिक बुद्धिमान, विचारोत्तेजक र मनोरञ्जक विषयमा ध्यान केन्द्रीत गरिरहेको छ । यो अवस्थामा द केरल स्टोरी जस्तो शैलीका कथा प्लेटफर्ममा फिट हुँदैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार