उपराष्ट्रपति पदको औचित्य र आवश्यकतामाथि सांसदहरुले उठाए प्रश्न
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १२:३:३९
१० असार, काठमाडौं । सांसदहरुले उपराष्ट्रपति पदको औचित्यमाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले जिम्मेवारी र खर्चको हिसाबले उपराष्ट्रपति पदको औचित्य ह्रास हुँदै गइरहेको बताएका छन् । उपराष्ट्रपतिको भूमिका राष्ट्रियसभाका अध्यक्षलाई दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
सांसद रब्जुकुमारी झा, रोशन कार्य, मनिष झाले उपराष्ट्रपति पद खारेज गरी यसले गर्ने भूमिका राष्ट्रियसभाका अध्यक्षलाई दिएर जान सकिने व्यवस्था आवश्यक भएको बताए । उनीहरुले उपराष्ट्रपति पदको अनिवार्यता कम बनेको र हालसम्म उपराष्ट्रपति बनेका व्यक्तिबाट पदमा रहेर खेलेका भूमिका महत्वपूर्ण नदेखिएको बताए । संविधान संशोधन गरेर पद हटाउनबारे सोच्ने बेला आएको बताए । ‘मन्दिर गएर पूजा गर्ने र रबिन काटेर उद्घाटन काम गर्ने पदलाई यत्रोबिघ्न खर्च किन ?’ उनले प्रश्न गरिन् ।
सांसद कार्कीले संविधानमा उपराष्ट्रपतिमा एक जना महिला हुनुपर्ने व्यवस्थालाई ‘महिला वा पुरुष’ हुनुपर्ने प्रावधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पदमा महिला हुनुपर्ने मर्मलाई कमजोर बनाइएको बताइन् । उनले उपराष्ट्रपति पदलाई हटाएर आर्थिक भार कम गराउनेबारे सोच्नुपर्ने बताइन्् । उनले उपराष्ट्रपतिको काम मन्दिर जाने र रिबन काट्नेबाहेक कुन हुन नसकेको बताइन् । ‘महिला उपराष्ट्रपति हुनेपर्नेमा ‘वा’ले बिगार्यो’ उनले भनिन् ।
सांंसद मनिष झाले उपराष्ट्रपति स्थापना भएदेखि यतका ५५ अजार १ सय १५ दिनलाई फर्केर हेर्दा भूमिकाविहीन देखिएको र उपराष्ट्रपति पदको आवश्यकताबारे सोच्नुपर्ने बेला भएको बताए । उनले आफ्नो पार्टी रास्वपाले उपराष्ट्रपति आवश्यक नरहेको भनेर चुनावी घोषणा पत्रमा उल्लेख गरिसकेको बताउँदै ढुकुटीको खर्च कम गराउन उपराष्ट्रपति पद हटाएर सुरवात गर्नुपर्ने बताए ।
सांसद रञ्जु झाले उपाष्ट्रपति पदको आवश्यकता र औचित्य नरहेको बताइन् । अनावश्यक रुपमा ठूलो संख्यामा सल्लाहकर, ठूलो आकारका सचिवालय राखेर जनताले तिरेको कर खर्च भइरहेको बताइन् । ‘खासमा उपराष्ट्रपति पद र कार्यालयको आवश्यकता नै देखिँदैन, त्यसकारणलाई संविधान संशोधन गरेर हटाउनेतिर सबैजना लागौं भन्छु’ उनले भनिन् ।
सांसद झाले राष्ट्रपति, उपराष्ट्रपतिको सेवा सुविधामा कटौती आवश्यक रहेको बताउँदै यी दुई पदसहित उपप्रधान, गृहमन्त्रीबाट हटिसकेका व्यक्तिलाई दिइने सेवासुविधा कटौती गर्न सुझाव दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार