नगरपालिकाले चासो नदिँदा कवाडीझैँ थन्किए घुम्ती शौचालय
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १३:२७:४०
१० असार, चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् ।
नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरुलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । चन्द्रनिगाहपुरको मुख्य चोक क्षेत्र पूर्व–पश्चिम राजमार्ग भएर चल्ने बसका यात्रु तथा मालबाहक ट्रक चालकका लागि खाना खानेस्थलका रूपमा चिनिन्छ ।
जिल्लामा नमुनाको रूपमा यसअघिका नगरप्रमुख रामचन्द्र चौधरीका पालामा रु १० लाखको लागतमा शौचालय ल्याइएको थियो । ती शौचालय अहिले पनि शहीद पार्क र नगरपालिका कार्यालय परिसरमा त्यतिकै थन्किएका छन् । अहिले ती शौचालयका सञ्चालन नहुँदा सबै महत्वपूर्ण सामान काम नलाग्ने भइसकेका छन् ।
नगरपालिकाकै मुटु मानिने वडा नं ४को मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएकाले नगरपालिकाले दुईवटा घुम्ती शौचालय खरिद अधिक भीड हुने यहाँको दुई स्थानमा सञ्चालमा ल्याउन खोजेको थियो ।
कोरोना सङ्क्रमणको महामारीका बेला एउटा चाँदी खोला छेउको शहीद पार्कमा लगिएको र अर्कोलाई चोकमा राखिएको थियो । नगरपालिका घोषणा नहुँदै तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालय भवन निर्माण गर्न थालेको थियो ।
उतिबेला शौचालय बनाउने ठाउँका विषयमा ठूलै विवाद भएपछि सार्वजनिक शौचालय बन्न नसकेको स्थानीय समाजसेवी राजु तिवारीले बताउनुभयो । उहाँका अनुसार त्यसपछि यस क्षेत्रमा शौचालय निर्माणका लागि कसैले पनि पहल गरेनन् ।
नगरपालिकाले चोकको पश्चिमतर्फ जङ्गल छेउमा सार्वजनिक शौचालय बनाएको भए पनि त्योसमेत प्रयोगविहीन छ । अहिले पनि चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको देखिन्छ । पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरुलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीयवासीको जोड छ ।
नगरपालिकाले लाखौँ लगानीमा ल्याएको त्यस्ता घुम्ती शौचालय व्यवस्थापन र सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती हुँदै आए पनि नगरपालिकाको ध्यान जानसकेको छैन। घुम्ती शौचालय सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताए । शौचालयका केही पाटपुर्जामा समस्या देखिएको जनाउँदै उन घुम्ती शौचालय सानो र साँघुरोसमेत रहेको जनाउँदै चाँडै नै ‘मोडिफाई’ गरी सञ्चालनमा ल्याउने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार