सहकारीविरुद्धका उजुरीले सीआईबीको कोठा भरिएको अवस्था छः गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १३:३१:३५
१० असार, काठमाडौं । उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले सहकारी संस्थामा ठगी क्रम व्यापक बनेको र संस्थाविरुद्धका उजुरी सीआईबीमा व्यापक मात्रामा परेको जानकारी दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा गहृमन्त्रालयमाथि सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिँदै सहकारीबाट भएका ठगी कसुरमा दोषलाई कारवाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा धेरै संख्यामा पीडितहरुबाट उजुरी परेको बताए ।
‘सहकारी ठगीका उजुरीको अवस्था यस्तो सम्मन भएको छ कि, सीआईबीको एउटा कोठा त उजुरीले भरिएको छ’ उनले भने, ‘यसमा बजारमा बैंकिङ तरलताका कारण पनि केही मात्रामा देखिएको छ, यसलाई छानबिन गरी दोषीलाई कारवाही गर्ने काम सरकारले गरेरै छाड्नेछ ।’
बचतकर्ताको बचत रकम ठगी गरी संचालक र कर्मचारी बेपत्ता भएका कारण देशभर लाखौं बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दोषीलाई कारवाहीका लागि सहकारी विभाग, प्रहरी, सीआईबीमा उजुरी दिएका छन् । माइतीघर मण्डलामा उनीहरुको आन्दोलन र धर्ना चलिरहेको छ ।
यस्तै मिटरब्याजी पीडित र मिटरब्याजीबीच मिल्नेअ अवस्थासम्म दुवै पक्षलाई राखेर सहमतिमा समाधान गर्ने काम जारी रहेको र सहमतिमा तमसुक च्यात्ने र लेनदेन टुंग्याउने काम भइरहेको बताए ।
मुलुकबाट सामन्ती शासन अन्तय भएपनि मिटरब्याजीको रुपमा समाजमा अगाडि आइरहेको उनले बताए । ‘अहिले समाजमा मिटरब्याजी सामन्तवादको निकृष्ट रुपमा देखा परिरहेको छ’ उनले भने, ‘यसलाई कानून बमोजिम हल गरिनेछ । धेरै पीडितहरुले न्याय पाइसकेका छन् । बाँकी सबैलाई न्याय दिने कुरा विश्वस्त दिलाउन चाहन्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार