ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी नापजाँच गर्न अख्तियारको टोली पशुपतिनाथ मन्दिर पुग्याे
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १३:४८:१२
१० असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको शंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेली आइतबार दिउँसो १ देखि २ बजेसम्म नापजाँच गर्ने भन्दै टोली पशुपतिनाथमा पुगेको छ।
अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे र नरहेको लगायत विषयमा परीक्षण गर्नेछन् ।
जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न समाचार बाहिरिएपछि याे बिषयले थप चर्चा पाएकाे छ । ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्दै त्यसका लागि सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो ।
स्थानीय र सरोकारवालाको विवाद हुँदाहुँदै कोषले गत वर्ष शिवरात्रिमा सुनको जलहरी राखेको थियो । २०७० मै कोषले जलहरी राख्ने निर्णय गरे पनि विवाद उत्पन्न भएपछि काम अघि बढेको थिएन । यसरी वविाद हुँदाहुँदै फागुन १२ मा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुनको जलहरी उद्घाटन भएको थियो ।
यसरी ओलीले घोषणा गरेको अर्को महिना फागुन ११ गते राति जलहरी राखियो । भोलिपल्टै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जलहरी उद्घाटन गराइयो तर केही दिनमै जलहरी चुँडिएपछि त्यसको गुणस्तर र सुनको परिमाणलाई लिएर प्रश्न उठ्यो । १ सय ८ केजी भनिएको सुन पनि करिब ११ केजी कम राखिएको आरोप कोषका पदाधिकारीमाथि लाग्यो । जलहरी निर्माणको प्रक्रियाबाट बाहिर राखिएका कोषका पाँच सदस्यले हिसाबकिताब माग्दा पदाधिकारीले नदिएपछि अनियमितताको विषय बाहिरिएको थियो । त्यहीबीच यो प्रकरणबारे अख्तियारमा उजुरी परेको थियो ।
जलहरी बनाउनकै लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद गर्यो । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राखिएको अभिलेख छ । त्योसहित २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम भएको मुचुल्का उठाइएको छ ।
बाँकी रहेको करिब ११ केजी सुनको हिसाब गोलमाल भएपछि अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको प्रारम्भिक अनुसन्धानमा जलहरी निर्माणमा अनियमितता भेटिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार