गाँजा प्रतिबन्ध नै छ, नष्ट गरिएका खेतीको क्षतिपूर्ति पाइँदैन : गृहमन्त्री
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १३:५९:३९
१० असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा गाँजा प्रतिबन्ध रहेको र यसको खेती नष्ट गरिँदा क्षतिपूर्ति नपाइने स्पष्ट पारेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा गहृमन्त्रालयमाथि विनियोजित बजेट शीर्षकमाथि सांसदहरुले सोधेका स्पष्टीकरणको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्यमान कानूनले गाँजालाई लागू औषध मान्ने र त्यसका ओसारपसार, सेवान, बिक्री वितरण गर्न प्रतिबन्ध रहेको स्पष्ट पारे ।
सांसद ईश्वरबहादुर रिजालले सरकारले गाँजा खेती गर्ने नीति लिएको अवस्थामा पनि प्रहरीले गाँजा खेती नष्ट गरेको भन्दै क्षतिपूर्ति मागबारे राखेका स्पष्टीकरण प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले भने, ‘सरकारले गाँजा खेतीका लागि अध्ययन गर्ने भनेर नीति तथा कार्यक्रममा राखेको अवस्था मात्र हो, कानून बनाइसकेको अवस्था होइन । त्यसकारण गाँजा प्रतिबन्ध नै छ, नष्ट गरिएका खेतीको क्षतिपूर्ति पाइँदैन ।’
गाँजालाई संयुक्त राष्ट्रसंघले औषधीजन्य वनस्पतिको रुपमा सूचीकृत गरिसकेको अवस्था छ । सोही कारण विभिन्न मुलुकले प्रतिबन्ध हटाइसकेको छ भने नेपालले पनि प्रतिबन्ध हटाउने उद्देश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाँजा खेतीका लागि अध्ययन गर्न बजेट विनियोजन गरेको छ ।
यसअघि नै एमाले सांसदले गाँजालाई लागूऔषधको सूचीबाट हटाउन माग गर्दै संसद सचिवालयमा संकल्प प्रस्ताव समेत दर्ता गराइसकेका छन् । प्रतिबन्धका कारण गाँजामा परी देशभरका जेलमा हजारौं नागरिक मुख्यगरी युवा पंक्ति थुनामा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ
माघ १५, २०८१ मंगलबार
स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार