नेप्से ६२ अंकले बढ्दा करिब साढे ६ अर्बको कारोबार
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १६:१७:४७
१० असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव तीन प्रतिशत अर्थात् ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ अङ्कमा कायम भएको भएको हो ।
नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर ९० हजार दुई सय ४९ पटक खरिद–बिक्री हुँदा रू छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह आठ सय ८१ दशमलव ५६ र निर्जीवन बीमा समूह छ सय ६६ दशमलव ९७ अङ्कले बढेको छ । बैंकिङ समूह १२ दशमलव ७४, विकास बैंक एक सय ७४ दशमलव ६९, वित्त ९८ दशमलव ०९, होटल तथा पर्यटन ९३ दशमलव ५७, जलविद्युत् ४६ दशमलव ४४ र लगानी समूह एक दशमलव ७१ अङ्कले बढेको छ ।
त्यसैगरी उत्पादन तथा प्रशोधन समूह दुई सय ३७ दशमलव चार, लघुवित्त ६८ दशमलव २४, म्युचुअल फन्ड शून्य दशमलव छ, व्यापार एक सय ३१ दशमलव २४ र अन्य समूह ७९ दशमलव ६२ अङ्कले बढेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेस (नेपाल) लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, एनएमबी–५०, सामलिङ्ग पावर कम्पनी लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा शुभम् पावर लिमिटेडको शेयर मूल्य छ दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ४९ करोड ९० लाख ७३ हजार नौ सय २० बराबरको आठ लाख ४४ हजार चार सय ७७ कित्ता शेयर किनबेच भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार