बजेटमा ललितपुर महानगरले उछिन्यो भरतपुरलाई
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १६:३४:२९
१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा ललितपुर महागनरपालिकाले भरतपुर महानगरपालिकालाई उछिनेको छ । दुवै महानगरले आगामी आवका लागि बजेट आइतबार सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल नेतृत्वको भरतपुर महानगरपालिका चितवनले ६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दा काठमाडौं उपत्यकाभित्रकाका दुई महानगरपालिकामध्ये चिरिबाबु महर्जन नेतृत्वको ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ ।
ललितपुर महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार विनियोजन गरेको छ । महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ ।
यस्तै, काठमाडौं महागरपालिकाले आजै आगामी आवका लागि आफ्नो बजेट सार्वजनिक गरेको छ । उसले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ ।
पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार र चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ छुट्याइएको छ । महानगरले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार