सुनको जलहरी जोख्न अख्तियारको टोली पशुपतिनाथमा
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १७:१६:५७
१० असार, काठमाडाैं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टाेली पशुपतिनाथ मन्दिर पुगेको छ । जलहरी राख्दा अनियमितता भएको बाहिर आएपछि यसबारे अख्तियारले छानबिन गरिरहेको छ।
अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि संलग्न रहेको बताइएको छन्।
उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिए भन्दा कम रहे-नरहेको विषयमा परीक्षण गर्नेछन्। अख्तियारको टोली आउने भनेपछि पशुपतिनाथ मन्दिर पूरै खाली गराइएको थियो।
मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरीमाथि छानबिन गरिरहेको अख्तियारले आइतबार सुनको जलहरी जोख्न लागेको हो । अहिले मन्दिर परिसरमा सञ्चारकर्मी, सुरक्षाकर्मी र कार्यालय सम्बन्ध व्यक्तिहरू बाहेकलाई प्रवेश दिइएको छैन ।
अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भ विभागका अधिकारीहरू र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार