सिरहामा खानेपानी संस्थानका सुरक्षा गार्डको निर्मम हत्या
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १३:५१:१५
११ असार, काठमाडौं । सिराहामा खानेपानी संस्थाका सुरक्षा गार्डको हत्या भएको छ । सोमबार बिहान ७ बजे मिर्चैया नगरपालिका–७ स्थित मिर्चैया साना सहरी खानेपानी संस्थामा एक पुरूषको शव फेला परेको हो ।
वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुर्मी हत्या गरिएको अवस्थामा फेला परेको हो
संस्थाको कम्पाउन्डभित्र उनको शव फेला परेको हो। घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको हो । हतियार भने फेला नपरेको डिएसपी बस्नेतले बताए ।
कुर्मी त्यस संस्थामा विगत ६ महिनादेखि कार्यरत थिए । बिहान संस्थामा पुगेका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटनास्थल र शवको मुचुल्काको काम सकेर पोष्टमर्टमको लागि शवलाई मिर्चैया अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ
माघ १५, २०८१ मंगलबार
स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार