‘अखण्ड भारत’ नक्साबारे परराष्ट्रमन्त्रीको गोलमटोल जवाफ
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १७:१३:२२
११ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा भारतले आफ्नो संसद भवनमा नेपालको भूभाग लुम्बिनी, कपिलवस्तु, विराटनगर लगायत समेत समेटेर राखेको ‘अखण्ड भारत’ नक्साबारे उठाएका परराष्ट्रमन्त्री एनपी साउदले स्पष्ट जवाफ दिन सकेनन् । यसअघिका बैठकमा उठाइएका प्रश्नको जवाफ सोमबार प्रतिनिधिसभाको बैठकमा दिँदै मन्त्री साउदले स्पष्ट जवाफ दिएनन् ।
उनले भारत पक्षले ‘अखण्ड भारत’ नक्सा राजनीतिक नभई राजा अशोकका बेला ऐतिहासिक भएको कुरा स्पष्ट पारिसकेको भन्दै यसमा थप भनिरहन नपर्ने जवाफ दिए । सांसदहरुले भारतले नेपाली भूभागमाथि निरन्तर अतिक्रमण गरिरहेको र नक्सामा समेत नेपाली भूभाग समेटेर हस्तक्षेप जारी राखेका बारे सरकारले भारतसँग सिधा कुरा किन गर्न नसकेको ? भनेर प्रश्न गरेका थिए । जवाफमा मन्त्री साउदले सपाट जवाफ दिन सकेनन् । उल्टै विदेशी नीतिसँग जोडिएको विषमा सांसदहरुले राजनीति खपत गर्न र भावनामा आएर प्रश्न उठाएको आरोप लगाए ।
विदेश नीतिसँग जोडिएका यस्ता मामिलामा खाली आन्तरिक राजनीति खपत गर्न र भावनात्मक कुरा गरेर मात्र संभव हुँदैन’ मन्त्री साउदले भने, ‘विषयको गम्भीर्यतालाई बुझेर मात्र विषय उठाउन म माननीय ज्यूहरुलाई आग्रह गर्छु ।’
उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा दुई देशको सीमा समस्यालाई दुवै देशबीच छलफलबाट गरिने भनेर बताइसकेको भन्दै सांसदहरुको प्रश्नको ठोस जवाफ नदिई टारेका छन् ।
साथै, नक्साबारे भारत पक्षसँग यथार्थ जानकारी लिएर अवगत गराउन भारतका लागि नेपाली राजदूतलाई पत्र पठाइसकिएको र जवाफ आउन बाँकी रहेको जानकारी दिए । सार्क सम्मेलनबारे उठाइएका प्रश्नको जवाफमा उनले सार्कका सबै सदस्य राष्ट्रहरुको सहमतिले मात्र सम्मेलन आयोजना संभवन हुने बताउँदै स्पष्ट जवाफ दिएनन् । भ्रमणका क्रममा प्रधानमन्त्रीबीचको वार्तामा परराष्ट्रमन्त्री अनुपस्थितिबारे राखेका प्रश्नप्रति उनी मौन बसे ।
सम्मेलन आयोजना गर्नेबारे परामर्श गर्ने दायित्वमा नेपाल रहेको छ । हाल सार्कका अध्यक्ष नेपाल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार