प्रस्तावित न्यायाधीशको विषय टुङ्गो नलागी निष्कर्षबिनै सकियो न्याय परिषदकाे बैठक
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १७:४२:२८
११ असार, काठमाडौं । सोमबार अपरान्ह्र बसेको न्याय परिषदको बैठक निष्कर्षबिनै सकिएको छ । न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषदको बैठक विषय प्रवेश गरेर मात्रै निष्कर्षबिनै सकिएको हो ।
आज बसेको बैठकमा उच्च अदालतमा न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी बुधबारका लागि बैठक बोलाइएको छ ।
आज बसेको बैठकमा एजेण्डामै प्रवेश नगरेकाले असार १३ गते बुधबार पुन: बैठक बोलाइएको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्की बताए । प्रवक्ता कार्कीका अनुसार आज तीन घण्टा जति न्यायपरिषदको बैठक बसेकाे थियाे । बैठकमा न्यायाधीश नियुक्तिका विषयमा लामो छलफल भएपनि निर्णय भने हुन नभएकाले बुधबार बैठकबाट बाेलाइएकाे छ ।
न्यायपरिषद बैठक बस्नुअघि न्याय सेवा आयोगको बैठकसमेत बसेको थियो । बैठकले लोकसेवा आयोगबाट उत्तीर्ण भएका ७ जना उपसचिवहरूलाई नियुक्ति दिनुका साथै पदस्थापन गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।
३ जना उपसचिवहरूलाई सर्वोच्च अदालत, एक जनालाई कोशी प्रदेश सभा, एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय जुम्ला र एक जनालाई जिल्ला सरकारी वकिलको कार्यालय डोटीमा पदस्थापन गरिएको उनले बताए । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा न्यायपरिषद् तथा न्याय सेवा आयोगको बैठक बसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
पुष १३, २०८१ शनिबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार