बिजुली नेपालीलाई पुर्याएर मात्र विदेशमा बिक्री : ऊर्जामन्त्री बस्नेत
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १८:१२:०
११ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बिजुली नेपालीलाई पुर्याएर मात्र विदेशमा बिक्री गरिने बताएका छन् । सांसदहरुले उठाएको प्रश्नको सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै मन्त्री बस्नेतले नेपालभित्र खपत हुनेसम्म बिजुली विदेशमा निर्यातत नगरिने स्पष्ट पारेका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा नेपालले भारतलाई बिजुली बिक्री गर्ने सम्झौताबारे जानकारी दिँदै सरकार र नीजि क्षेत्रबाट गरिने उत्पादित बिजुली हरेक नेपालीसम्म पुर्याउने र बाँकी रहेकालाई मात्र निर्यात गरिने बताए ।
अहिले सबै नागरिकको बसोबास स्थानसम्म बिजुली पुर्याउन प्रसारण लाइन बनाउने काम भइरहेको र बजेटको अभावले काम पूरा हुन केही वर्ष लाग्ने उनले बताए । प्रसारण लाइन निर्माणभन्दा पहिल्यै धेरै मात्रामा बिजुली उत्पादन हुने अवस्था रहेको र यसबीच बिजुली खेर जान नदिन क्रमिक रुपले निर्यात गर्ने नीति सरकारले लिएको बताए ।
मन्त्री बस्नेतले सिंचाईका लागि मुहान उप्लब्ध नहुने स्थानमा लिफ्टबाट समेत पानी पुर्याएर खेती गर्न नर् सिंचाईमा कमी हुन नदिने आश्वसन दिए । साथै ऊर्जाका लागि देशमा जलस्रोत प्रशस्त मात्रामा रहेको र यसलाई सतशतप्रति उपयोग गर्ने नीति सरकारले लिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार