जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट पछि हट्याे सरकार
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १२:५३:२२
१२ असार, काठमाडौं । सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट पछि हटेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आवबाट ७७ वटै जिल्लामा रहेका निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णय फिर्ता लिएको घोषणा गरेका छन् ।
यसअघि बैठकमा सुरुवातै विपक्षीदलहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएसम्म बैठक चल्न नदिने अडान गर्दै बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाुमुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए । करिब १ घण्टापछि बैठक पुनः सुरुचारु भएको छ । पुनः बसेको बैठकमा अर्थमन्त्री डा. मतहले खारेजी जिल्ला निर्वाचन कार्यालय यथावत रहने र जिल्ला निर्वाचन कार्यालयले यसअघि गर्दै आएका सम्पूर्ण कामकारवाही कायम रहने र कार्यालयले गर्ने जवाफ दिए । जवाफपछि बैठक सुचारु भएको छ ।
सरकारले आगामी आर्थिक २०८०/८१ का लागि जेठ १५ मा प्रस्तुत वार्षिक बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयभित्र ईकाइ राखेर संचालन गरिने उल्लेख गरेपछि विपक्षी विपक्षी दल एमाले, रास्वपा, राप्रवा, नेमकिपा सहित सत्ताधारी दलका सांसदहरुले तीव्र विरोध गर्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार