वालिङ नगरपालिकाको बजेट १ अर्ब ८ करोड ८९ लाख ८३ हजार
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १३:०:३७
१२ असार, काठमाडौं । वालिङ नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ का लागि १ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिको १४ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«े ले आ.व.०८०/०८१ को लागि १ अर्व ८ करोड ८९ लाख ८३ हजार विनियोजन गरेको सार्वजनिक गर्नुभएको हो ।
उपप्रमुखले तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६. १३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लख ५१ हजार ४३. ८७ प्रतिशत रहेको छ । विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पूर्वाधार विकासमा ९ करोड ७७ लाख ८००, सुशासन र अन्तर्सम्बन्धतर्फ ३ करोड ५५ हजार ९०० रहेको छ ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनको लागि आर्थिक विकासको लागि आन्तरिक स्रोत वृद्धिलाई मुख्य रुपमा लिइएको छ । आन्तरिक आयस्रोत वृद्धि गरी ३१ करोड पु¥याइने लक्ष्य लिइएको छ । संघीय वित्तीय समानीकरणबाट १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँड १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख प्रक्ष्येपण गरिएको छ ।
संघिय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानीकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार ससर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ । विनियोजित बजेटबाट नगरपालिकाका १४ वटा वडाहरुमा ६ करोड ५० लाख छुट्याइएको छ । वडाहरुमा पठाइने बजेट संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानको स्रोत रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार